मेलामा स्थानीय उत्पादनलाई प्राथमिकता

समाधान संवाददाता २०८० मंसिर १९ गते १२:२८

लेखनाथ ।
लेखनाथ उद्योग वाणिज्य संघले यस वर्ष गर्न लागेको महोत्सवमा स्थानीय उत्पादनलाई प्राथमिकता दिने भएको छ । पुस ५ देखि १८ गतेसम्म हुने १९ औँ संस्करणको लेखनाथ महोत्सवको तयारीबारे जानकारी दिने उद्देश्यले सोमबार आयोजित पत्रकार सम्मेलनमा यस्तो जनाइएको हो ।


संघले स्थानीय उत्पादनको बजारीकरणदेखि व्यवसायिक प्रवर्धनलाई जोड दिइएको जनाएको छ । संघका अध्यक्ष एवं महोत्सव मूल संयोजक विनोद श्रेष्ठले संघले २०५८ देखि सुन्तला प्रदर्शनीबाट सुरु गरेको महोत्सवलाई समयानुकूल परिष्कृत गर्दै आएको जनाए । २०६१ देखि वार्षिक रुपमा लेखनाथ महोत्सव गर्दै आएको र विभिन्न जातजाति, भाषाभाषीलाई एकै थलोमा भेला गराएर लेखनाथ क्षेत्रको पहिचान स्थापित गर्दै व्यापार, व्यवसाय प्रवर्धनसमेत गरेको उनको भनाइ छ ।


महोत्सव प्रचारप्रसार संयोजक उपेन्द्रराज सुवेदी (राजु)ले कोभिड १९ र युक्रेन युद्धका कारण विश्वभर आएको आर्थिक मन्दीबाट थला परेको देशको अर्थतन्त्रलाई चलायमान बनाउन मेलाले सघाउने अपेक्षा सुनाए । पर्यटन प्रवद्र्धन गर्न, देशमा रहेका औद्योगिक उत्पादनलाई बढवा दिन, हस्तकलाका सामानको बजार प्रवद्र्धन र पहिचान, स्थानीय उत्पादन, लघु, घरेलु तथा साना उद्योगको प्रवद्र्धन, आवश्यक ज्ञान, सीप, उद्यमशीलता विकासमा यसले टेवा दिने उनको दाबी छ ।

Advertisement

यसपालिको लेखनाथ महोत्सव साढे २ लाखले अवलोकन गर्ने र ९० लाख आम्दानी हुने अनुमान


संयोजक सुवेदीले प्रविधि हस्तान्तरण, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा उत्पादित औद्योगिक एवं दैनिक उपभोग्य वस्तु तथा सेवाको प्रवद्र्धन, जातीय भेषभूषा, कला, संस्कृति जगर्ने, आन्तरिक एवं वाह्य पर्यटक आकर्षण गर्न मेला सहयोगी हुने उल्लेख गरे । महोत्सवका विशेष कार्यक्रममा कवि लेखनाथ पौडेलको सम्झनामा साहित्यिक कार्यक्रम, महिला विशेष तथा रीतिरिवाज जर्गेना अन्तर्गत रत्यौली, विद्यालय स्तरीय कार्यक्रम, सांस्कृतिक कार्यक्रम, आदिबासी जनजाति विशेष कार्यक्रम, जातजातिको सम्मानमा लोप हुन लागेका रीतिरिवाज तथा संस्कृति झल्कने उत्कृष्ट नृत्य प्रदर्शन गरिनेछ ।

Advertisement


आदिवासी जनजाति तथा आमा÷महिला समूहहरुको झाँकी, ¥याली तथा भेषभूषा प्रदर्शनी, दैनिक ख्याती प्राप्त हास्य व्यंग्य कलाकारको प्रस्तुति, कृषि तथा पशुपंक्षी प्रदर्शनी, सूचना प्रविधि प्रदर्शनी, शैक्षिक प्रदर्शनी, हस्तकला प्रदर्शनी, बाल उद्यान, खाना महोत्सव, राष्ट्रिय लोक दोहोरी कार्यक्रम, लाइभ म्युजिक कन्र्सटलाई यस वर्ष पनि निरन्तरता दिइएकोे छ ।


महोत्सवलाई व्यवस्थित रुपमा चलाउन ९ सदस्यीय निर्देशक समिति, ४० सदस्यीय महोत्सव सल्लाहकार समिति र ४२ सदस्यीय कार्यसम्पादन समिति एवं विभिन्न उपसमिति बनाइएको छ । ३ सय ३४ स्टल रहने यसपालिको महोत्सव २ लाख ५० हजारभन्दा बढीले अवलोकन गर्ने अपेक्षा छ ।


महोत्सवमा ९ करोडको कारोबार हुने अपेक्षा गरिएको छ । मेलाबाट ९० लाख आम्दानी र ८० लाख खर्च भई १० लाख बचत हुने संघको अनुमान छ ।


संघका अध्यक्ष विनोद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा महासचिव जानुका पराजुली, वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझा, पोखरा इको रेड ब्रिक्स प्रालिका अध्यक्ष सुबोध त्रिपाठी, नेपाल पत्रकार महासंघकी केन्द्रीय सदस्य सरिता तिमिल्सिना, पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारी, महोत्सवका सहसंयोजक राजेन्द्र ओझा लगायतले बोलेका थिए ।

तपाईको प्रतिक्रिया