प्याराडिसोमा १९७५ एडीको कन्सर्ट हुने

समाधान संवाददाता २०८० मंसिर २० गते ११:३४

पोखरा ।
नेपाली रक ब्याण्ड १९७४ एडीले पोखरामा कन्सर्ट गर्ने भएको छ । मंसिर २३ गते पोखराको प्याराडिसो स्पोर्ट्स बार एन्ड ग्रिलमा लाइभ कन्सर्ट हुने भएको हो ।


कन्सर्टमा नयाँ तथा पुराना गीत सुनाउँदै ब्यान्डले दर्शकलाई मनोरञ्जन दिनेछ । ब्यान्डमा एड्रियन प्रधान, सञ्जय श्रेष्ठ, फिरोज स्याङदेन, निराकार याक्यथुम्बा र मनोजकुमार केसी छन् ।


यो ब्यान्ड १९९० मा काठमाडौंमा गठन भएको थियो । ब्यान्डले नेपाली लोक, राग, रक, फङ्क, ब्लुज, ज्याज लगायत विभिन्न विधाका काम गर्दै आएको छ । मध्य रातसम्म लाइभ कन्सर्ट चल्नेछ ।

Advertisement

कार्यक्रमका लासिग १ हजारको टिकटको व्यवस्था रहेको बार म्यानेजर हरि पौडेलले बताए । उनले क्युआरकोड प्रयोग गरेर इसेवाबाटै अग्रिम टिकट लिन र अग्रिम टेबल बुकिङ गर्न सकिने सुनाए । प्याराडिसोमा १ हजार जनाले एकै पटक सेवा लिन सक्छन् ।

Advertisement

तपाईको प्रतिक्रिया