‘हिटम्यान’ टोली पोखरामा

समाधान संवाददाता २०८० मंसिर २१ गते १२:१६

पोखरा ।
चलचित्र ‘हिटम्यान’को टोली अहिले पोखरामा छ । नेपाल–भारत संयुक्त लगानीमा निर्माण भएको यो फिल्म सोह्र भाषा रिलिज हुने भएको छ ।


चलचित्र पत्रकार संघ कास्कीले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा हिटम्यानका नायक एवम् निर्देशक विष्णु अधिकारीले यस्तो बताएका हुन् । पहिलो पटक इण्डो नेपाली फिल्म ओटिटी प्लेटफर्म अमेजनमा प्रदर्शन हुने भएको हो ।
आउँदो फेबु्रअरी १५ मा विश्वव्यापी प्रदर्शन हुने यो फिल्मको पोस्टर र टिजर सार्वजनिक भइसकेका छन् । यो चलचित्र नेपालीसँगै हिन्दी, कन्नडा, मलायलम, तेलुगू, तमिल, अरबी र चिनियाँ भाषामा प्रदर्शन हुने जनाइएको छ ।


यो फिल्म पोखरा, काठमाडौंँसहित भारत, श्रृलंका र फ्रान्समा छायाङ्कन भएको छ । यसमा नेपाली नायिका आँचल शर्मा र कलाकार प्रशान्त ताम्राकारले समेत अभिनय गरेका छन् । चलचित्रमा नेपाल, भारत र पाकिस्तानको सम्बन्धलाई उठान गरिएकाले दक्षिण भारतीय फिल्म मन पराउने दर्शकले हिटम्यान रुचाउने निर्देशक अधिकारीको अपेक्षा छ ।

Advertisement


दीपक अधिकारी निर्माता रहेको यो फिल्ममा साउथका चर्चित संगीतकार मन्त्र आनन्द, सम्पादक बि नागेश्वर रेडीले समेत काम गरेका छन् । यो फिल्मको कथा निर्देशक अधिकारीकै हो ।


‘फिल्मको कथा राम्रो छ, दुई वर्षमा फिल्म तयार भएको हो,’ उनी भन्छन् । प्रेमकथामा आधारित यो फिल्मले दर्शकको मन जित्ने निर्माण पक्षको अपेक्षा छ । चलचित्र पत्रकार संघ नेपाल कास्की अध्यक्ष प्रभु अधिकारीको अध्यक्षतामा कार्यक्रम भएको हो ।

Advertisement

तपाईको प्रतिक्रिया