पुस २६ देखि पोखरा महोत्सव

समाधान संवाददाता २०८० मंसिर २१ गते १२:३३

पोखरा ।
१२ औं पोखरा महोत्सव आगामी पुसको २६ देखि हुने भएको छ । युनाइटेड क्लबको आयोजनामा आगमी पुसको २६ देखि माघ ८ सम्म पोखराको अमरसिंह स्कुलको खेल मैदानमा १२ औं संस्करणको पोखरा महोत्सव आयोजना हुने भएको हो । महोत्सवको तयारी स्वरुप महोत्सव आयोजक युनाइटेड क्लबले अध्यक्ष राजु श्रेष्ठ मूलआयोजक समिति रहने गरी विभिन्न ३४ वटा उपसमिति गठन गरिएको छ ।


कार्यसम्पादन उपसमिति उपसमितिमा लालकाजी गुरुङ, अतिथि ब्यवस्थापन तथा सत्कार उपसमितिमा हिमालय बख्रेल, संघसंस्था व्यवस्थापन उपसमितिमा सुकबहादुर गुरुङ, सचिवालय व्यवस्थापन उपसमितिमा लोकबहादुर थापा, सांस्कृतिक व्यवस्थापन उपसमितिमा गणेश तिमिल्सिना, अनुगमन व्यवस्थापन उपसमितिमा शान्तबहादुर थापा चयन भएका छन् ।


प्रचार उपसमितिमा दिनेश सुनार, अर्थ व्यवस्थापन उपसमितिमा सूर्यबहादुर बानियाँ, प्रायोजक व्यवस्थापन उपसमितिमा पूर्णकला पोख्रेल, स्टल व्यवस्थापन उपसमितिमा सीमा गुरुङ, मायाको चिनो व्यवस्थापन उपसमितिमा सन्तोष कार्की, झाँकी र्‍याली व्यवस्थापन उपसमितिमा विष्णुकुमार गुरुङ, टिकट व्यवस्थापन उपसमितिमा जयराम आचार्य, स्वयंसेवक व्यवस्थापन उपसमितिमा पूर्णकुमार श्रेष्ठ, प्रकाशन तथा मुद्रण व्यवस्थापन उपसमितिमा दिवानी सुवेदी, ब्यानर व्यवस्थापन उपसमितिमा चन्द्रा पराजुली, सुरक्षा ब्यवस्थापन उपसमितिमा शिव थापा, फोहोर तथा खानेपानी व्यवस्थापन उपसमितिमा पदम कार्की, खाना खाजा ब्यवस्थापन उपसमितिमा शान्ति सुवेदी, मूल्यांकन उपसमितिमा सुशीलराज पराजुली, विद्यालय समन्वय उपसमितिमा लीलाधर अधिकारी, यातायाता व्यवस्थापन उपसमितिमा रमेशबहादुर कार्कीलाई चयन गरेको छ ।

Advertisement


पर्यटन प्रवद्र्धन उपसमितिमा श्यामकृष्ण श्रेष्ठ, ट्राफिक व्यवस्थापनमा कृष्णबहादुर थापा मगर, विद्युत व्यवस्थापन उपसमितिमा हरि श्रेष्ठ, स्वास्थ्य व्यवस्थापनमा नरहरि पनेरु, पार्किङ व्यवस्थापन उपसमितिमा राम थापा, पृष्ठपोषण व्यवस्थापन उपसमितिमा रिमबहादुर क्षेत्री, मूलद्वार व्यवस्थापन उपसमितिमा चन्द्र थापा, विद्युतीय सुरक्षा उपसमितिमा राजेन्द्र तिवारी, बिमा व्यवस्थापन उपसमितमा गणेशबहादुर खड्का, मिडिया कोअडिनेटर गिता राना र कार्यालय सचिवमा रेजिना खत्रीलाई संयोजकमा चयन गरेको छ ।


१२ औं पोखरा महोत्सवको सल्लाहकारहरुमा राजेन्द्र थापा, सेती थापा, सम्मरबहादुर श्रेष्ठ, क्याप्टेन फत्तेबहादुर गुरुङ, पवित्रादेवी गुरुङ, विश्वप्रकाश लामिछाने, तीर्थलाल श्रेष्ठ, मुक्षेत्र गुरुङ, मेजर हितमान गुरुङ, प्रेमछिरी शेर्पा, लीलाबहादुर जिसी, पोखरा १२ का अध्यक्ष सन्तोष बास्तोला, पोखरा १० का अध्यक्ष राजेश गुरुङ, पोखरा १३ का अध्यक्ष किरण बराल, पोखरा १५ का अध्यक्ष तोरण बानियाँ, पोखरा १४ का अध्यक्ष बोधराज कार्की, पोखरा ११ का अध्यक्ष प्रेम कर्माचार्य, टीकाबहादुर कार्की, राजेन्द्रबहादुर कार्की, गोपाल गुरुङ, कृष्ण कोइराला, राजकुमार गुरुङ, दीपक थापा, मीन गुरुङ, सुनील गुरुङ, भरत केसी, कृष्णकुमारी थापा, जसबहादुर गुरुङ, दया बराल, यमबहादुर गुरुङ, डम्बरजंग गुरुङ, सन्तोष सिग्देल, शिवबहादुर बराल, दानबहादुर गुरुङ, तेजबहादुर गुरुङ, शंकरनाथ पौडेल, कृष्णबहादुर थापा, ओम सुवेदी र नीलकण्ठ पोख्रेल चयन भएका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया