मह पकेट क्षेत्रका किसानलाई घार वितरण

हरि बास्तोला २०८० मंसिर २२ गते १२:२३

गण्डकी ।
मौरी पकेट क्षेत्रका रुपमा विस्तार हुँदै गएको पोखरा १६ का कृषकलाई घार वितरण गरिएको छ । वडा स्तरीय कृषि सञ्जालले बिहीबार लामाचौरमा आयोजना गरेको कार्यक्रममा ४ लाखका १ सय आधुनिक घार कृषकलाई वितरण गरिएको हो ।


उत्तीसको काठ र टुनीका फ्रेम रहेको ४ हजार पर्ने घारमा पोखरा महानगरपालिकाको ५० प्रतिशत र बाँकी किसानको लगानी छ । गत वर्ष वितरण गरिएका २३ लाख ४६ हजार ७ सय ७० का १ सय ९३ वटा घारमा फष्टाएका मौरी फोरेर नयाँ घारमा विस्तार गर्ने लक्ष्यका साथ यस वर्ष पनि कृषकलाई खालीघार वितरण गरिएको हो ।


पोखरा १६ का वडाअध्यक्ष अमृत शर्मा तिमिल्सिनाले कृषकलाई मौरीघार वितरण गर्दै व्यवसायिक मौरीपालनमा जुट्न वडावासीलाई आग्रह गरे । ‘महानगरले यस वडालाई मौरीको पकेट क्षेत्र घोषणा गरी मौरीपालक कृषकलाई सहयोग गर्दै आएको छ,’ उनले भने, ‘मह र घार बिक्रीबाट आयआर्जन गर्दै स्वरोजगार बन्नु आजको आवश्यकता हो ।’

Advertisement


उनले उपलव्ध गराईएका घार उपयोग गर्न आग्रह गर्दै आवश्यक तालिमको समेत व्यवस्था गरिने जनाए । वडा कृषि सञ्जालका अध्यक्ष जितबहादुर वस्नेतका अनुसार महानगरको १३ लाख ९५ हजार ७ सय ३० रुपैया अनुदान र कृषकको १३ लाख ५१ हजार ४० रुपैया लगानी भइसकेको छ ।

गत वर्ष वितरण गरिएका १९३ घारमा फष्टाएका मौरी फोरेर नयाँ घारमा विस्तार गर्न १९३ घार बाँडिएको छ

Advertisement


गत जेठमा वितरण गरिएका घारबाट कृषकले पहिलो पटक मह उत्पादन सुरु गरेका छन् । उनले चारनको राम्रो व्यवस्था र कृषकको मेहनतले यस वडा महको हव बन्ने विश्वास व्यक्त गर्दै हालसम्म २ सय ९३ थान मौरीका घार वितरण भई सकेको जानकारी दिए । सो क्षेत्रका कृषकले यस अघि पनि घरमा खानको लागि मौरीपालन गर्दै आएका थिए ।


महानगर कृषि सञ्जालको अनुदान र आप्mनो व्यक्तिगत तर्पmवाट मौरी सहितका ६ घार खरिद गरेको बताउने पोखरा १६ स्थित महेन्द्र गुफा चोककी निर्मला बस्नेतले मह बिक्री शुरु गरेको सुनाइन् । उनी भन्छिन्, ‘अनुदानमा पाएको घार, सुरक्षा सामग्री र सूर्यमुखी फुलको विउ एवम् तालिमले मौरी पालनमा थप उत्साही बनाएको छ । उत्पादन मह प्रति केजी १ हजार ५ सय रुपैयाँमा बिक्री हुन्छ ।’


अर्मला जुम्लेटिकी सीता कार्कीको घरमा ४ वटा घार छन्, उत्पादित मह बिक्री हुँदैन कि भन्ने समस्या छैन । खरिद गर्ने ग्राहक घरमै आउँछन् भने ५० प्रतिशतमा प्राप्त गरेका २ खाली घारमा मौरी राख्ने तयारी छ ।


अघिल्लो वर्ष मौरी सहितको अनुदानमा प्राप्त पाएको घारको मौरीले उत्पादिन दिन सुरु गरेको बताउँदै अर्मला डिहीकी रामलक्ष्मी गुरुङ भन्छिन्, ‘घर छेउको बारीमा चार वटा मौरीका घार छन् । मह बिक्रीबाट बार्षिक ५० देखि ६० हजारसम्म आम्दानी हुने गरेको छ । विस घार पुर्‍याएर चार देखि पाँच लाख भन्दा बढी आम्दानी गर्ने सोच छ ।’


पोखरा महानगरपालिकाको आर्थिक सहयोग एवं कृषि सञ्जालको व्यवस्थापनमा व्यवसायिक कृषकलाई तीनदिने मौरीपालन तालिम समेत प्रदान गरिएको थियो । तालिम लिएका कृषकलाई मात्र अनुदानको घार वितरण गरिने व्यवस्था छ ।


महानगर कृषि महाशाखाले अर्मलालाई कृषिको हव वनाउने लक्ष्यका साथ मौरीसहित तरकारी, पशुपालन, आलुको विउ उत्पादन लगायतका क्षेत्रमा अनुदानको व्यवस्था गरेर कृषकलाई प्रोत्साहन गर्दै आएको छ ।

रासस

तपाईको प्रतिक्रिया