स्कुटर चोरी गर्ने १७ वर्षिय बालक पक्राउ

समाधान संवाददाता २०८० मंसिर २४ गते १४:४२

पोखरा ।
स्कुटर चोरी गरेको आरोपमा १७ वर्षिय बालक पक्राउ परेका छन् । बागलुङ घर भइ पोखरा १६ दिपमा बस्दै आएका उनलाई वडा प्रहरी कार्यालय बगरले आइतबार पक्राउ गरेको हो । उनको साथबाट चोरी भएको ग १४ प २०३४ र ग ८ प ९९३ नम्बरको स्कुटर फेला पारेको प्रहरी कार्यालय जानकारी दिएको छ ।


उनी यसअघि पनि ३ पटक सम्म चोरी मुद्दामा पक्राउ परिसकेको प्रहरीले बताएको छ । प्रहरीका अनुसार कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका सम्बन्धि मुद्दामा ५ दिन म्याद थप गरि अनुसन्धान भइरहेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया