बस चोरी गरेकाे आराेपमा बालक पक्राउ

समाधान संवाददाता २०८० मंसिर २४ गते १६:३६

पोखरा ।
बस चोरी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । तनहुँ म्याग्देका १७ वर्षिय बालक आइतबार चितवनमा पक्राउ परेका हुन् ।

पाेखरा पृथ्वीचाेकमा पार्किङ गरिराखेकाे ग १ ख ९६३८ नम्बरको बस चलाउँदै लगिरहेको अवस्थामा चेकजाँच गर्ने क्रममा फेला परेको जिल्ला प्रहरी कार्यलय कास्कीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका सम्बन्धि मुद्दामा ५ दिन म्याद थप गरि अनुसन्धान भइरहेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया