‘सती’ सार्वजनिक

पोखरा ।
साहित्यकार रामचन्द्र आचार्य (आरसी) को कथासञ्चयन ‘सती’ सार्वजनिक भएको छ । पूर्व बैंकर आरसीको यो पहिलो कृति हो ।
कस्केली अधिकृत समाजद्वारा शनिबार आयोजित समारोहमा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तले कृति सार्वजनिक गरे । सहित्यकार सरुभक्तले कथाकार आरसी आख्यानकारका रुपमा उदाएको जनाउँदै नेपाली आख्यानमा नयाँ नयाँ अनुहार आएकोमा प्रशन्नता व्यक्त गरे ।
प्राज्ञ हरिदेवी कोइरालाले साहित्य, कलाको योगदानलाई राज्य सञ्चालकले यथार्थ मूल्यांकन गर्न नसकेको गुनासो गरिन् । प्राडा जगन्नाथ रेग्मीले आरसीका कथामा सामाजिक यथार्थ प्रस्तुत भएको उल्लेख गरे ।
कस्केली अधिकृत समाजका अध्यक्ष चन्द्रबहादुर सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा कथाकार आरसीले वैदेशिक रोजगारीले ल्याएका विग्रह, उपभोक्तावादी संस्कारका पीडा, विभिन्न खालका भेदभाव जस्ता सामाजिक विषयलाई कथामा समेटेको जनाए । तीन सय रुपैयाँ मूल्य रहेको कृतिमा १३ वटा कथा छन् ।
कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज गण्डकी प्रदेश अध्यक्ष दुर्गाबहादुर शाह (बाबा), पत्रकार रमेश पौडेल, अनेसास सचिव असफल गौतम, संस्थाका सचिव महेश पौडेलले लगायतले बोलेका थिए ।








चुनाव नजिकिँदा गण्डकीमा राजनीतिक सरगर्मी बढ्यो, दलहरू उम्मेदवार छनोट र संगठन विस्तारमा
जनप्रिय अध्यक्षमा २ उम्मेदवार
गण्डकी प्रदेशका २१ नवप्रवेशी इन्जिनियरिङ कर्मचारी तालिम लिएर कार्यक्षेत्रमा
पर्वतीय महोत्सवमा जलवायु संकटका कुरा
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया