‘जाम हिड साइली’ सार्वजनिक

समाधान संवाददाता २०८० मंसिर २५ गते १३:१०

पोखरा ।
गायिका शान्ति श्रीस मगर पोखराकी स्थायी बासिन्दा हुन् । बुटिक व्यवसायी श्रीस संगीत क्षेत्रमा समेत क्रियाशील छिन् । अहिले गायिका मगरको ‘जाम हिड साइली’ सार्वजनिक भएको छ ।


उनको अफिसियल युटुबमार्फत सार्वजनिक भएको गीतमास्वरुपराज आचार्यको समेत स्वर समेटिएको छ । सुरेश रानामगरको शब्द, संगीत रहेको गीतमा गौरव पहारी र रजनी गुरुङको अभिनय छ । म्युजिक भिडियोको छायाँकन काठमाडौंमा गरिएको हो । मौसम हिमालीको कथा, निर्देशन र कोरियोग्राफीमा गीतको म्युजिक भिडियो तयार भएको हो ।


श्रीस गीतबाट आशावादी छिन् । यसअघि उनका ‘गल्छी झरेसी’, ‘जून तारा’, ‘फूल जस्तो मेरो जोबान’ लगायतका गीत बजारमा आएका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया