गण्डकीका ४ स्रष्टा पुरस्कृत हुँदै

समाधान संवाददाता २०८० मंसिर २६ गते १२:३०

पोखरा ।
दैवज्ञराज न्यौपाने स्मृति प्रतिष्ठानले गण्डकीका ४ साहित्यकारलाई पुरस्कृत गर्ने भएको छ । प्रतिष्ठानले ५५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार राशि रहेको दैवज्ञ विशिष्ट स्रष्टा सम्मानबाट शताब्दी काव्य पुरुष गोपाल वैद्य ‘किञ्जल्क’ लाई पुरस्कृत गर्ने भएको छ ।


३३ हजार ३ सय ३३ रुपैयाँ राशि रहेको दैवज्ञ साहित्य पुरस्कार अग्रज कवि गोविन्दराज विनोदीलाई प्रदान गरिनेछ । यसैगरी, दैवज्ञ बालसाहित्य पुरस्कारबाट वरिष्ठ बालकवि तथा बालसाहित्य स्रष्टा रामबाबु सुवेदी र दैवज्ञ समाजसेवा पुरस्कारबाट अलि मियाँ लोक वाङ्मय प्रतिष्ठानलाई सम्मान गरिने भएको छ ।


यी दुवै पुरस्कारको राशि ३३ हजार ३ सय ३३ रुपैयाँ छ । प्रतिष्ठानले ती सम्मान र पुरस्कार प्रेरणा पुरुष कवि दैवज्ञको स्मृति दिवसका अवसर मंसिर ३० गते पोखरामा प्रदान गरिने प्रतिष्ठानका अध्यक्ष डा. केदार न्यौपानेले बताए ।

Advertisement

तपाईको प्रतिक्रिया