अवैध काठसहित लामाचाैरबाट एक जना पक्राउ

समाधान संवाददाता २०८० मंसिर २६ गते १५:३४

पोखरा ।
प्रहरीले अवैध चिरुवा काठ सहित आइतबार एक जनालाई पक्राउ गरेको छ । माछापुच्छ्रे २ भुर्जुङखोलाका ३१ वर्षीय अनिस विकलाई पक्राउ गरेको हो ।


पोखरा लामाचौर अकला मन्दिर स्थित सडकमा चेकजाँच गर्दा पुरन्चौरबाट पोखरा आउँदै गरेको ग ३ च ५८०९ नम्बरको बोलेरो जिपमा २८० थान चिरुवा काठ (फल्याक) बरामद भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।


सो सम्बन्धमा प्रयोजन खल्ने कागजातहरु साथमा नभएको पाइएपछि जिप सहित विकलाई आवश्यक कारबाहिको लागि डिभिजन वन कार्यालय कास्कीमा पठाइएको प्रहरीले बताएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया