अवैध रुपमा प्राकृतिक दोहन गर्ने ५६ वटा सवारी साधन नियन्त्रणमा

समाधान संवाददाता २०८० मंसिर २६ गते १५:५१

पोखरा ।
अवैध रुपमा प्राकृतिक दोहन गर्ने ५६ वटा सवारी साधनलाई आइतबार प्रहरीले नियन्त्रणमा लिएको छ । कास्कीका विभिन्न स्थानमा नदिजन्य पदार्थ ढुंगा, गिटी, बालुवा उत्खनन गरी फर्जी बिल समेत बनाई चोरी निकासी भइरहेको सूचनाको आधारमा खटिएको जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको हो ।


नदिजन्य पदार्थ ढुंगा, गिटी, बालुवा ओसारपसार गर्ने, भ्याटबिल नभएका कागजपत्र, फर्जिबिल बनाएका ट्रक, टिप्पर, ट्रयाक्टरलाई नियन्त्रणमा लिएर आवश्यक कारबाहिका लागि पोखरा महानगरपालिकामा पठाइएको प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया