ठगी आरोपमा डान्सबारका कर्मचारी पक्राउ

समाधान संवाददाता २०८० मंसिर २७ गते १२:१६

पोखरा ।
लेकसाइडको एक डान्सबारमा ग्राहकलाई महिला कामदारसँग मापसे गर्न लगाई बढी बिल उठाएर ठगी गर्ने २ जना पक्राउ परेका छन् । ड्रागन डान्स बार र सेभेन स्टार डान्स बारमा ग्राहकसँग यसरी ठगी गरेको भन्दै प्रहरीले २ जनालाई पक्राउ गरेको हो ।


वडा प्रहरी कार्यालय बैदामका प्रमुख डिएसपी राजेन्द्र श्रेष्ठले पक्राउ पर्नेमा ड्रागनका म्यानेजर पोखरा १७ बिरौटा बस्ने २५ वर्षीय सागर गुरुङ र सेभेन स्टारका कर्मचारी २० वर्षीय प्रविण खड्का रहेको जनाए । वडा प्रहरी कार्यालय बैदामबाट खटिएको टोलीले नियमित चेकजाँचका क्रममा उनीहरुलाई पक्राउ गरेको हो ।

यी डान्सबारले बढी बिल उठाउने मनसायले मादक पदार्थ सेवन गर्न लगाउने गरेका थिए । पक्राउ परेका दुवै जनालाई अभद्र व्यवहार मुद्दामा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया