पोखरा महोत्सवको तयारी, तीब्र पुष ८ देखि स्टल बुकिङ खुल्ला

समाधान संवाददाता २०८० पुष ४ गते ११:३८

पोखरा ।
पोखरा महोत्सवको तयारी तीव्र पारिएको छ । १२ औं संस्करणको महोत्सव आयोजक युनाइटेड क्लब पोखराले महोत्सवको मिति नजिकिँदै गर्दा तयारी जारी राखेको हो ।


पुष २६ देखि माघ ८ गतेसम्म पोखराको अमरसिंह माविको खेल मैदानमा हुने महोत्सवलाई लक्षित गरी गठित विभिन्न उपसमितिका संयोजक र सल्लाहकारबीच बैठक भएको छ । बैठकले पुस ८ देखि स्टल बुकिङ खुुला गर्ने निर्णयसमेत गरेको छ ।


महोत्सवलाई थप आकर्षण बनाउन सबै उपसमिति संयोजक र सल्लाहकारबीच छलफलसमेत भएको छ । महोत्सवको तयारी र विभिन्न आकर्षणबारे क्रमश जानकारी दिइने क्लबका महासचिव एवं महोत्सवका प्रचारप्रसार संयोजक दिनेश सुनारले बताए ।

Advertisement

तपाईको प्रतिक्रिया