मणिपालमा एचडी युनिट

समाधान संवाददाता २०८० पुष ५ गते ७:४६

पोखरा ।
मणिपाल शिक्षण अस्पताल पोखरा फूलबारीमा प्रविधि र सेवा सुविधालाई विस्तारित गर्ने क्रममा बुधबार बिच हाई डिपेन्डेन्सी युनिटको उद्घाटन भएको छ । वरिष्ठ छाती रोग विशेषज्ञ डा सिपी आचार्यद्वारा उक्त हाइ डिपेन्डेन्सी युनिटको उद्घाटन भएको हो । अस्पतालका सञ्चालक नारायण पौडेल, प्रमुख कार्यकारी अधिकृत अनिल अडुविल, अस्पताल निर्देशक डा. अभिषेक मास्के लगायत विभिन्न विभागका प्रमुखहरु तथा कर्मचारीहरुको उपस्थिति थियो ।


सघन उपचार कक्ष (आइसियु)मा उपचार भएपछि सिधै साधारण कक्षमा लैजानुअघि बिरामीलाई एचडीमा राखिन्छ । आइसियुबाट सिधै बेडमा लैजान नमिल्ने तर नर्सिङ लगायत सुविधा थप चाहिनेहरुलाई एचडीमा राख्ने गरिन्छ ।

Advertisement

तपाईको प्रतिक्रिया