एनसेल आइकन वितरण गरिँदै

समाधान संवाददाता २०८० पुष ५ गते १२:५३

काठमाडौं ।
एनसेलले नेपालको सूचना तथा सञ्चार प्रविधि (आइसिटी) क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउने महिलालाई ‘एनसेल वुमन आइकन आइसिटी अवार्ड २०२३’ बाट सम्मान गर्ने भएको छ । अवार्डका लागि क३४ जना मनोनयनमा परेका थिए ।


योगदानका आधारमा ३ चरणको मूल्यांकनबाट ७ महिला छनोटमा परेका छन् । शुक्रबार काठमाडौंमा हुने इनड्राइभ आइसिटी अवार्ड २०२३ को ग्राण्ड फिनालेमा अवार्ड वितरण हुनेछ । महिलालाई सूचना प्रविधिको क्षेत्रमा प्रोत्साहन तथा उनीहरुले यो क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्न कम्पनीको विविधता, समानता र समावेशीकरण अर्थात डाइभर्सिटी, इक्विटी एन्ड इन्क्लुसन (डीईआई) नीति अनुरुप एनसेलले आइसिटी अवार्डमा आवद्ध भएर यो अवार्ड प्रदान गरिरहेको छ ।


यो पुरस्कारको राशि नगद ३ लाख छ । एनसेलले ३ वर्षदेखि यो अवार्ड प्रदान गर्दै आएको छ । गत वर्ष यो अवार्ड शिला कंसाकार कार्कीलाई प्रदान गरिएको थियो । सन् २०२१ मा गुण केशरी प्रधानले यो अवार्ड पाएकी थिइन् । त्यसैगरी, सन् २०२० मा प्राध्यापक तिमिला यमी थापाले यो अवार्ड पाएकी थिईन् ।

Advertisement


एनसेल नेपालको पहिलो निजी मोबाइल सेवाप्रदायक कम्पनी हो । सन् २००४ मा स्थापना भई सन् २००५देखि यस कम्पनीले आधुनिक सेवा प्रदान गर्दै आएको छ । उच्च गतिको मोबाइल ब्रोडब्यान्डको राष्ट्रिय आवश्यकतालाई परिपूर्ति गर्न एनसेलले .फोरजी नेटवर्कमार्फत सेवा प्रदान गरिरहेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया