पोखराको फुटवयर जोनमा पुरानोसँग नयाँ जुत्ता साट्न पाइने अवसर

समाधान संवाददाता २०८० पुष ५ गते १६:५५

पोखरा ।
नेपालका विभिन्न जुत्ता तथा चप्पल उत्पादक कम्पनीहरुले पोखराको सिद्धार्थचोकमा संयुक्त आउटलेट शोरुम सञ्चालनमा ल्याएका छन् । हालै सञ्चालनमा आएको ‘फुटवयर जोन’ सिद्धार्थचोकमा कम्पनीहरुले ‘फुटवयर जोन एक्स्चेन्ज अफर’ समेत सार्वजनिक गरेका छन् ।


पुस २ गतेदेखि लागु भएको यो अफर पोखराका लागि अत्यन्त नयाँ रहेको सञ्चालक रामकृष्ण प्रसाईंले बताएका छन् । अफर अन्तर्गत कुनै पनि लेडिज जुत्ता÷चप्पल १ हजार रुपैयाँसम्मको किनमेल गर्दा १० प्रतिशत छुट प्रदान हुनेछ ।
कुनैपनि पुरानो लेडिज जुत्ता चप्पल ल्याई १ हजारदेखि माथिको लेडिज जुत्ता चप्पल खरिद गर्दा पुरानो जुत्ताको ३ सय रुपैयाँ मूल्यांकन गरी नयाँ जुत्ताको रकमबाट घटाइने बताइएको छ ।


कुनै पनि जेन्स जुत्ताको खरिद गर्दा १५ सयसम्मको किनमेल गर्दा १० प्रतिशत छुट प्रदान हुनेछ । कुनैपनि जेन्स जुत्ता चप्पलको १५ सयभन्दा माथिको किनमेल गर्दा पुरानो जुत्ता ल्याई साटेमा पुरानो जुत्ताको मूल्य ५ सय रुपैयाँ मूल्यांकन गरी नयाँ जुत्ता किन्दा घटाइने छ । थप १० प्रतिशत नगद छुट पनि प्रदान गरिने बताइएको छ । यो अफर एकजोर नयाँ जुत्ता किन्दा १ जोर पुरानो जुत्ताको मात्र मूल्यांकन गरिने प्रसाईंले जानकारी दिए ।

Advertisement


आउटलेटमा नेपालमै उत्पादित १० कम्पनीका ३० ब्रान्डका ३ हजार भन्दा धेरै मोडलमा लेडिज, जेन्स बच्चा सबै उमेर र वर्गलाई आवश्यक जुत्ता चप्पल एउटै छानामुनी उपलब्ध रहेको प्रसाईंले बताएका छन् ।


यो फ्याट्री आउटलेट सञ्चालन भएपछि उपभोक्तालाई अत्यन्त सुलभ मूल्यमा गुणस्तरीय जुत्ता चप्पलहरु एउटै छानामुनि उपलब्ध भइरहेको र यो ‘एक्स्चेन्ज अफरबाट धेरै ग्राहक लाभान्वित हुने कंपनीका अर्का सञ्चालक सबिन कार्कीले बताए । यस अफरका कारण घरमा फाल्ने तयारीमा रहेका पुराना जुत्ता चप्पलले पनि मूल्य पाउनेमा संचालक कार्की विश्वस्त छन् ।

Advertisement


यस जुत्ता एक्सचेन्ज अफर अन्तरगत १ हजार रुपैयाँसम्मको कुनै पनि लेडिज जुत्ता चप्पल खरिद गर्दा १० प्रतिशत छुट प्रदान गरिनेछ । कुनै पनि पुरानो लेडिज जुत्ता चप्पल ल्याई १ हजार रुपैयाँदेखि माथिको लेडिज जुत्ता चप्पल खरिद गर्दा पुरानो जुत्ताको ३ सय रुपैयाँ मूल्यांकन गरी नयाँ जुत्ताको रकमबाट घटाइनेछ ।


कुनै पनि जेन्स जुत्ताको खरिद गर्दा १ हजरा ५ सय रुपैयाँसम्मको किनमेल गर्दा १० प्रतिशत छुट प्रदान गरिनेछ । कुनै पनि जेन्स जुत्ता चप्पलको १ हजार ५०० भन्दा माथिको किनमेल गर्दा पुरानो जुत्ता ल्याई साटेमा पुरानो जुत्ताको मूल्य ५०० मूल्यांकन गरी नयाँ जुत्ता किन्दा घटाइने छ र थप १० प्रतिशत नगद छुट पनि प्रदान गरिने बताइएको छ ।


यो अफर एकजोर नयाँ जुत्ता किन्दा एक जोर पुरानो जुत्ताको मात्र मूल्यांकन गरिनेछ । नयाँ जुत्ता किनेमा पुरानो जुत्ताको मूल्यांकन गरिनेछ । यो योजना पुस महिनाभरि सिद्धार्थचोकको फ्याट्री आउटलेटमा मात्र लागु हुने सञ्चालक रामकृष्ण प्रसाईंले बताएका छ ।

तपाईको प्रतिक्रिया