पाेखरा ६ का वडासदस्य पहारीसहित ४ जना कारागार चलान

समाधान संवाददाता २०८० पुष ६ गते १६:४५

पोखरा ।
पोखरा महानगरपालिका–६ का वडासदस्य दिपेन्द्र पहारीसहित ४ जना ठगी सम्बन्धी मुद्धामा ४ जना पुर्पक्षका लागि कारागार चलान भएका छन् ।


फेवाताल किनारमा फोटोग्राफी गरे बापत विभिन्न किसिमबाट धम्काई ठगी गरेको आरोपमा वडासदस्य पहारीसहित, ४१ वर्षीय विकास पहारी, २२ वर्षीय प्रवीन विश्वकर्मा र २४ वर्षीय अभिषेक परियार अप्पे भन्ने अभिषेक बराल गत मंसिर २३ गते पक्राउ परेका उनीहरुलाई र्पक्षका लागि थुनामा पठाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।


ठगी मुद्धामा प्रकाउ परेका ४ जनालाई ठगी, आपराधिक विश्वासघात तथा अपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी मुद्धामा अनुसन्धान गरी जिल्ला अदालत कास्कीमा मुद्धा पेश हुँदा पुर्पक्षको लागि कारागार चलान गरिएको प्रहरीले बताएको छ ।

Advertisement


कास्की प्रहरीका अनुसार उनीहरुले लेकसाइड स्थित फुटट्रायकमा फोटोग्राफी गरेबापत धम्काई प्रति फोटोग्राफर साढे १३ हजार असुल गरि ठगी गर्दै आएका थिए । उनीहरु विरुद्ध १५ जना व्यक्तिहरुले जाहेरी दर्ता गरेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया