४० युनिट रगत संकलन

समाधान संवाददाता २०८० पुष ८ गते १३:३७

पोखरा ।
पोखराको काजीपोखरी स्थित कालिका बहुमुखी क्याम्पसले शुक्रबार आयोजना गरेको रक्तदानमा ४० युनिट रगत संकलन भएको छ । क्याम्पसले ३२ औं वार्षिकोत्सवको अवसरमा रक्तदान आयोजना गरेको हो ।


क्याम्पस सञ्चालक समिति उपाध्यक्ष एवं पोखरा १४ का अध्यक्ष बोधबहादुर कार्कीले क्यम्पस प्रमुख विरन्जी गौतमलाइ ब्लड ब्यग प्रदान गरी यसको सुरुआत गरे । रेडक्रसको रक्तसञ्चार शाखाले प्राविधिक सहयोग गरेको कार्यक्रममा अध्यक्ष कार्कीले क्याम्पसले उदाहरणीय काम गरेको उल्लेख गरे । क्याम्पस प्रमुख गौतमले रक्तदान मानवीय काम भएको उल्लेख क्याम्पसले सामजिक उत्तरदायित्व पूरा गरेको जनाए ।


साहायक क्याम्पस प्रमुख शालिकराम तिमिल्सिनाले पुस ११ गतेसम्म खेलकुद कार्यक्रम र १२ गते वार्षिकोत्सव उदघाटन गरिने जनाए । क्याम्पसको नवनिर्मित प्रवेशद्वार वडाध्यक्ष कार्कीले शुक्रबार उद्घाटन गरे ।

Advertisement


व्यवस्थापन, शिक्षा, मानविकी र विज्ञान संकाय पढाइ हुने क्याम्पसमा १ हजार ४ सय विद्यार्थी छन् ।

Advertisement

तपाईको प्रतिक्रिया