युवा संघको कार्यक्रममा ७१ युनिट रगत संकलन

समाधान संवाददाता २०८० पुष १० गते ८:३५

पोखरा ।
राष्ट्रिय युवा संघ नेपाल पोखरा महानगरपालिका र युवा संघ पोखरा २७ को आयोजनामा राखिएको कार्यक्रममा ७१ युनिट रगत संकलन भएको छ । कार्यक्रम संयोजक युवा संघ पोखरा २७ का अध्यक्ष किरण लामालाई ब्लड ब्याग हस्तान्तरण गर्दै पूर्वमन्त्री खगराज अधिकारीले सुरुआत गरेका थिए । उनले राज्यका निम्ति कति युवाहरुले कुर्बानी गरे पनि जुन उद्देश्यमा देश जानुपर्ने हो सोअनुसार अगाडि बढ्न नसकेको बताए ।


नेकपा एमाले केन्द्रीय कमिटी सदस्य राजीव पहारीले युवाहरु देश बनाउन एक पोका रगतमात्र होइन ज्यान नै दिएका घटनालाई स्मरण गरे । युवा संघ पोखरा २७ का अध्यक्ष किरण लामाको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले पोखरा महानगरपालिका वडा नम्बर २७ का अध्यक्ष सूर्यमणि लामिछाने र वडा नम्बर २७ की जनप्रतिनिधि बुद्धिमाया थापामगर लगायतले रक्तदानको महत्व र उपयोगिताका बारेमा जानकारी गराएका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया