लेखनाथ जेसिजमा राइभाटको नेतृत्व

समाधान संवाददाता २०८० पुष ११ गते १३:२३

पोखरा ।
लेखनाथ जेसिजको २६ औं वार्षिक साधारण सभा तथा २५ औं शाखा अधिवेशनले प्रकाश राइभाटको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । वर्ष २०२४ का लागि राइभाट सर्वसम्मत अध्यक्ष बनेका हुन् ।


१ वर्षे कार्यकाल रहने समितिको कार्यकारिणी उपाध्यक्षमा प्रबलमणि भण्डारी र सुशील ढुंगाना र महासचिवमा मौसम बराल छन् । समितिको कानुनी सल्लाहकारमा सर्बेन्द्र न्यौपाने, उपाध्यक्षमा निशान गौतम परियार, सिवानी केसी र आकाश बराल छन् ।

शाखा सम्पादकमा सन्देश ढुंगाना, महाधिवेशन निर्देशकमा सुजन न्यौपाने र निवर्तमान अध्यक्षमा चन्द्रप्रकाश ढुंगाना छन् ।
लेखनाथ जुनियर जेसिजमा प्राञ्जल पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन चुनिएको निर्वाचन आयुक्त नवराज पौडेलले जानकारी दिए ।

Advertisement

कार्यक्रममा संघीय सांसद मनबहादुर गुरुङले युवामा उत्साह र ऊर्जा भर्ने खालका कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए । कार्यक्रम लेखनाथ जेसिजका वर्ष २०२३ का अध्यक्ष चन्द्रप्रकाश ढुंगानाको अध्यक्षतामा भएको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया