सहकारी ठगी आरोपमा कुस्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पराजुली पक्राउ

समाधान संवाददाता २०८० पुष ११ गते १५:३४

पोखरा ।
सहकारी ठगी प्रकरणमा कुस्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुली कार्यालयबाटै पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय पर्वतले बुधवार उनलाई कार्यालयबाटै नियन्त्रणमा लिएको हो ।

पोखराको मित्र मिलन बचत तथा ऋण सहकारीका अध्यक्ष रमण पौडेल र व्यवस्थापक किरण अधिकारीले कार्यक्षेत्र विस्तार गर्ने विषयमा उनले १ करोड ५ लाख लिएको बयानका आधारमा सहकारी रजिस्टार पराजुलीलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।
उनीविरूद्ध जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ पुर्जी जारी गरेको थियो । उनलाई पक्राउ गरी आजै पोखरा पठाउने तयारी भइरहेको प्रहरीले बताएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया