पोखरा पब्लिक स्कुलको २९ औं वार्षिकउत्सव कार्यक्रम भव्य रुपमा सम्पन्न

समाधान संवाददाता २०८० पुष ११ गते २१:०२

पोखरा ।
पोखरा पब्लिक स्कुलको २९ औं वार्षिकउत्सव कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । पोखरा १४ अनुपमटोल चाउथेमा अवस्थित स्कुल बुधबार वार्षिकउत्सव सम्पन्न भएको हो । वार्षिकउत्सवमा बोल्दै पोखरा महानगरपालिका वडा नम्बर १४ का अध्यक्ष बोधबहादुर कार्कीले देशको शिक्षा क्षेत्रको विकासको लागि नीजि विद्यालय र सामुदायिक विद्यालय मिलेर अगाडि बढ्नुपर्ने बताए ।

त्यसको लागि आफूहरु हातेमालो गर्न सदैव तयार रहेको उनको भनाई थियो । पोखरा पब्लिक स्कुलले शैक्षिक क्षेत्रमा पु¥याएको योगदानको तारिफ समेत गरें । वार्षिकउत्सवको अवसरमा बुधबार २०७९ सालको एसइइ परीक्षामा विद्यालयबाट सर्वोत्कृष्ट अंक ल्याएका राम शरण थापालाई नगद पच्चिसहजार रुपैयाँ र चाँदीको पदकले सम्मान गरिएको विद्यालयका नेपाली शिक्षक बुद्धिसागर त्रिपाठीले जानकारी दिए । यस्तै द्धितिय भएका संस्कार सापकोटा, सुजिन गुरुङ तथा तृतिय भएका प्रकरण सारु र प्रदीप थापालाई चाँदीको पदकले सम्मान गरियो ।


कक्षा १२ एसएल सी परिक्षामा सहभागी बनेर विद्यालयको तर्फबाट उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीहरू पोसा कँडेल, अमृता पोखरेल र सलिना थापालाई समेत चाँदीको पदकले सम्मान भएका हुन् । विद्यालयको परिक्षामा सर्वोत्कृष्ट हुने मध्येमा जुनियर लेभलमा छात्रतर्फ आगमन बराल र छात्रा तर्फ शान्सा न्यौपाने तथा सिनियर लेभलमा छात्र तर्फ सिमान्त पोखरेल र छात्रा तर्फ ऋतु खड्कालाई समेत पुरस्कृत गरिएको शिक्षक त्रिपाठीले बताए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बसन्तप्रसाद पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा सल्लाहकार समितिको संयोजक हेरम्बराज कोइराला, पोखरा महानगरपालिका शिक्षा महाशाखाका अधिकृत बद्रीनाथ सुवेदी, विद्यालयका संस्थापक प्रिन्सिपल कृष्ण केसी लगायतले बोलेका थिए ।

Advertisement


मंगलबार वार्षिकोत्सवको अवसरमा विद्यार्थीले निर्माण गरेका शैक्षिक सामाग्रीको प्रर्दशन गरेका थिए । कार्यक्रममा लोकनृत्य, प्रत्यक्ष गायन, सांस्कृतिक वेषभूषा लगायत समेत रहेको थियो । आजभन्दा २९ वर्ष अगाडि स्थापना भएको यो विद्यालयमा नर्सरी देखि १२ कक्षा सम्मको पढाई हुन्छ । कुल १ हजार १ सय ३२ जना विद्यार्थीले अध्ययन गर्ने विद्यालयमा ५५ जना शिक्षक र २५ जना कर्मचारी गरेर कुल ८० कार्यरत छन् ।

Advertisement

तपाईको प्रतिक्रिया