स्वर्गीय चन्द्रावतीको स्मृतिमा बुद्ध मुर्ती स्थापना

समाधान संवाददाता २०८० पुष १२ गते ११:३९

पाेखरा ।

पाेखरा महानगरपालिका वडा नम्बर ३ का एक परिवारले स्वर्गबासी श्रीमती, आमाको स्मृतिमा भगवान गाैतम बुुद्धकाे मूर्ति प्रतिस्थापन गरेको छ । वडा नम्बर ३ काे नारायणस्थान स्थित मैत्री संघकाे भवनमा २४ इन्चकाे धातुकाे बुद्ध प्रतिमा स्थापना गरिएको हाे ।

स्वर्गीय चन्द्रावती उदासकाे स्मृतिमा उनका पति राधेश्याम उदास, छोरा गाैतम उदास, बुहारी शान्ती उदास लगायत उदास परिवारले साैजन्य गरेको साे मुर्ती यही पाैष १० गते प्रतिष्ठा पुजा गरेर स्थापना गरिएकाे थियाे ।

Advertisement

मैत्री संघका अध्यक्ष राधेश्याम उदासकाे अध्यक्षतामा सम्पन्न भएकाे प्रतिष्ठा पुजा समारोह परियती उदय विहारका प्रमुख विमल धम्म र पाेखरा उपमहानगर पालिका वडा नम्बर ३ का अध्यक्ष प्रकाशमान उदासले दीप प्रज्वलन गरेर उद्घाटन गरेका थिए ।

उक्त समारोहमा धर्मशीला बुद्ध विहार दायक सभाका अध्यक्ष श्याम शाक्य, बुद्ध जयन्ति समारोह समितका अध्यक्ष चन्द्रप्रसाद गुरुङ, लक्ष्मी नारायण मन्दिरका अध्यक्ष महेश पराजुली, धर्मोदय सभा अध्यक्ष चन्द्रलक्ष्मी गुभाजू, राधाकृष्ण मन्दिरका अध्यक्ष बन्धुराज पराजुली लगायतले मन्तब्य राखेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया