श्रीमतीको हत्या आरोपमा लेखनाथबाट एक जना पक्राउ

समाधान संवाददाता २०८० पुष १३ गते १२:०७

पोखरा ।
कास्की प्रहरीले आफ्नै श्रीमतीलाई घाँटी थिचेर हत्या गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय शिशुवाको टोलीले २९ वर्षीया रेखा घर्तीको हत्या आरोपमा उनका श्रीमानलाई पक्राउ गरेको हो ।


म्याग्दीको धौलागिरी गाउँपालिका वडा नम्बर ७ ताकम घर भई हाल पोखरा–२९, नौबिसे बस्ने वर्ष ३६ का रत्नबहादुर घर्तीलाई प्रहरीले पक्राउ गरेको हो । पोखरा–२९, नौबिसे स्थित तोरीबारीको कान्लामा रेखाको घाँटी थिची हत्या गरेको सूचना स्थानीयले दिएपछि प्रहरीले रत्नबहादुर पक्राउ गरेको गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक शारदाप्रसाद अधिकारीले जानकारी दिए । घटनाबारे थप अनुसन्धान जारी छ ।

Advertisement

तपाईको प्रतिक्रिया