सूर्य दर्शन सहकारीका उपाध्यक्ष दर्लामी पक्राउ

समाधान संवाददाता २०८० पुष १३ गते १४:१२

पोखरा ।
सहकारी ठगी कसुरमा सूर्य दर्शन बचत तथा ऋण सहकारी का उपाध्यक्ष कैलाश कुमार दर्लामी पक्राउ परेका छन् ।
रामेछापका ३८ वर्षीय दर्लामी सहाकारीको रकम हिनामिना एवं ठगी गरेको जाहेरी अनुसार सहकारी ठगी आरोपमा पक्राउ परेका हुन् ।

दर्लामीलाई बिहीबार रामेछापबाट पक्राउ गरि थप अनुसन्धान प्रकृया अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकरी दिएको छ ।

प्रहरीका अनुसार पोखरा महानगरपालिका ४ नालाकोमुखमा रहेको श्री सूर्य दर्शन बचत तथा ऋण सहाकारी संस्था लिमिटेको संचालक समितिका पदाधिकारीहरुमाथी निक्षेपकर्ताहरूको बचत रकम फिर्ता नगरेको र सहाकारीको रकम हिनामिना एवं ठगी गरेको आरोप छ ।

Advertisement

तपाईको प्रतिक्रिया