अवैध रूपमा ढुंगा गिटी निकाल्ने ट्रिपरसहित चालक नियन्त्रणमा

समाधान संवाददाता २०८० पुष १३ गते १७:५४

पोखरा ।
जिल्ला प्रहरी कार्यालय कास्कीले अवैध रुपमा ढुंगा गिटी निकाल्ने एकजनालाई नियन्त्रणमा लिएको छ । हेम्जा बस्दै आएका मकवानपुरका २३ वर्षीय नवराज गोले बुधबार पक्राउ परेका हुन् ।


अवैध रुपमा चोरी निकासी गरी नदिजन्य पदार्थ ढुंगा गिटी निकाली रहेको भन्ने सुचनाका आधारमा उनलाई नियन्त्रणमा लिइएको कास्की प्रहरीले जानकारी दिएको छ ।


प्रहरीका अनुसार अवैध रुपमा ढुंगा गिटी बोकेको ग १ क ५१५५ नम्बरको ट्रिपर नियन्त्रणमा लिई आवश्यक कारवाहीका लागि अन्नपूर्ण संरक्षण क्षेत्र सम्पर्क कार्यालय पोखरा पठाइएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया