मृगको मासु सहित १ जना पक्राउ

समाधान संवाददाता २०८० पुष १३ गते १८:०४

पोखरा ।
वडा प्रहरी कार्यालय रामबजार कास्कीको प्रहरी टोली र एक्याप को रेन्जर भिम उपाध्याय सहितको टोलीले मृगको मासु सहित १ जनालाई शुक्रबार पक्राउ गरेको छ । अन्नपुर्ण ९ दानसिङ सिमलबोट बस्ने ४३ वर्षीय गौप्रसाद क्षेत्री पक्राउ परेका हुन् ।


क्षेत्रीको घरमा मृगको मासु चोरी सिकारी गरी लुकाई छिपाई राखेको छ भन्ने गोप्य सुचनाको आधारमा घर खानतलासी गर्दा मृगको खुट्टा १८ वटा, मृगको सुकुटी अन्दाजी ५०० ग्राम बरामद गरेको प्रहरीले बताएको छ । प्रहरीका अनुसार क्षेत्रीलाई थप अनुसन्धानको लागि एक्याप हरियो खर्क रामबजारमा पठाइएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया