लेखनाथ जयन्तीमा कविता प्रतियोगिता

समाधान संवाददाता २०८० पुष १५ गते १२:२३

पोखरा ।
कविशिरोमणि लेखनाथ पौड्यालको १ सय ४० औं जन्म जयन्तीको अवसरमा उनको जन्मस्थल पोखरा २७ अर्चलेमा कविता प्रतियोगिता भएको छ । जनएकता युवा क्लबले आयोजना गरेको कविता प्रतियोगितामा रिलायन्स पब्लिक स्कुलकी एलिसा मिश्र प्रथम बनिन् ।


जनप्रकाश माविकी आशा परियारले द्वितीय, न्यू एरा माविकी सदीक्षा अधिकारी र त्रिवेणी पब्लिककी प्रकृति अधिकारी सान्त्वना बने । यस्तै, लायन्स क्लब अफ लेखनाथले आयोजना गरेको कविता प्रतियोगितामा ग्लोबलका अनुपम रिजालले प्रथम स्थान हाँसिल गरे । प्रतियोगितामा अमरसिंह माविकी करुणा काफ्ले द्वितीय हुँदा डायमन्ड माविकी सुरवी पौडेलले तृतीय स्थान हाँसिल गरिन् ।


शितलादेवी माविका अनुराग सापकोटाले चौथो बने । विजेताहरुलाई कविशिरोमणि लेखनाथ पौड्यालको जन्मस्थल पोखरा २७ अर्चलेमा १५ गते हुने मूल समारोहमा पुरस्कृत गरिने लायन्स क्लब अफ लेखनाथका अध्यक्ष रमानाथ पौडेलले बताए । १५ गते हुने मूल समारोहमा साहित्य पुरस्कारका साथै लेखनाथ पत्रकार मञ्चद्वारा स्थापित लेखनाथ पत्रकारिता पुरस्कारबाट यस वर्ष कान्तिपुर राष्ट्रिय दैनिकका पोखरा संवाददाता दीपक परियारलाई सम्मान गरिँदै छ ।

Advertisement


लेखनाथ जन्मस्थल विकास समितिका कार्यबाहक अध्यक्ष गोपीराज पौडेल, जनएकता युवा क्लब अध्यक्ष मनिष वाग्ले, पोखरा २७ का वडाध्यक्ष पुर्ण कुमार गुरुङ, जनएकता युवा क्लबका सल्लाहकार गोविन्द वाग्ले, जनप्रतिनिधिहरु, निर्णायक मदन घिमिरे, नवराज अधिकारी लगायतले लेखनाथ पौड्यालद्वारा रचित कविता सुनाएका थिए ।

लायन्स क्लब अफ लेखनाथको कार्यक्रममा पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पद्मराज ढकाल, निर्णायक ऋषिकेश बराल, लायन्स क्लब अफ लेखनाथका सचिव तुलसी सापकोटा लगायतले बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया