करापुटार समाजको रक्तदानमा ५१ युनिट संकलन

समाधान संवाददाता २०८० पुष १६ गते ८:५४

पोखरा ।
ईशानेश्वर करापुटार पोखरा सम्पर्क समाजको आयोजनामा भएको रक्तदान कार्यक्रममा ५१ युनिट रगत संकलन भएको छ ।
पोखरा अमरसिंहचोकमा शनिबार आयोजित कार्यक्रममा प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष सन्तोष बास्तोलाले समाजका अध्यक्ष बलराम घिमिरेलाई ब्लडब्याग हस्तान्तरण गरी कार्यक्रमको शुभारम्भ गरे ।


वडाध्यक्ष बास्तोलाले ईशानेश्वर र करापुटार क्षेत्रबाट पोखरा आएर विभिन्न पेशा व्यवसायमा आवद्ध व्यक्तिहरुलाई सुखदुखमा साथ दिन खोलिएको संस्थाले रक्तदान जस्तो महत्वपूर्ण कार्यक्रम गर्नु प्रशंसनीय रहेको बताए ।


रक्तसञ्चार पोखराको प्राविधिक सहयोगमा भएको कार्यक्रममा पोखरा महानगरपालिका वडा नम्बर १२ का सचिव महेश्वर अर्याल, मध्यनेपाल नगरपालिका वडा नम्बर ७ का पूर्व वडाध्यक्ष गगन घिमिरे, कुुसुमाकर मावि करापुटारका प्रधानध्यापक धु्रवराज घिमिरे लगायतको उपस्थिति थियो ।

Advertisement


ईशानेश्वर करापुटार पोखरा सम्पर्क समाजका अध्यक्ष बलराज घिमिरेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा समाजका सहसचिव एवं रक्तदान कार्यक्रमका संयोजक प्रल्हाद चन्द्र घिमिरेले स्वागत र समाजका सचिव निर्मल सोतीले कार्यक्रमको सञ्चालन गरेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया