कानुङ नमुना मगर समाजमा तालिम

समाधान संवाददाता २०८० पुष १६ गते १३:०९

पोखरा ।
‘भाषा, कला धर्म र संस्कृतिको जगेर्ना गरौ, पुख्यौली इतिहासलाई संरक्षण गरौं’ भन्ने नारासहित नदीपुरमा सक्रिय रहेको कानुङ नमुना मगर समाजले एक दिने तालिम आयोजना गरेको छ ।


समाजका सदस्यहरुको व्यक्तित्व विकास र क्षमता अभिवृद्धि गर्ने उद्देश्यसहित शनिबार व्यक्तित्व विकास तथा उद्घोषण तालिम भएको हो । समाजका अध्यक्ष किरण सारु मगरले समाजमा आवद्ध सदस्यको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको जानकारी दिए । तालिममा धीरन गाहामगरले मगरको इतिहास र वर्तमान अवस्था, सिर्जना थापामगर र श्याम चौहान मगरले नेतृत्व तथा व्यक्तित्व विकास र पत्रकार सुशान्त गाहामगरले उद्घोषणबारे प्रशिक्षण दिएका थिए ।


‘यो तालिमको अवधि छोटो भए पनि निकै महत्वपूर्ण रह्यो,’ समाजका अध्यक्ष सारु मगरले भने, ‘आगामी दिनमा अझै यसलाई व्यापकता गर्ने लक्ष्य लिएका छौं । साथै महिलालाई उद्यमशिलतामा कसरी जोड्ने भन्नेबारे पनि तालिम दिनेछौं ।’

Advertisement


कविराम थापामगरले सकरात्मक तथा रचनात्मक कार्यक्रम गरेको बताउँदै संस्थाको प्रशंसा गरे । उनले आगामी दिनमा समेत यस्तै खालको कार्यक्रमलाई निरन्तरता दिनुपर्ने धारणा राखे । तालिममा ५० जना सहभागी थिए ।


समाजका अध्यक्ष किरण सारुमगरको अध्यक्षतामा भएको कार्यक्रममा सोनी थापामगर र तिलक बराल मगरले पनि बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया