२ सयको स्वास्थ्य जाँच

समाधान संवाददाता २०८० पुष १६ गते १३:३५

पोखरा ।
सामुदायिक सेवा एवं सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीले स्त्री तथा प्रसूति रोग र अन्य रोगको निशुल्क स्वास्थ्य शिविर गरेको छ ।


राइट फर चिल्ड्रेनको विशेष सहयोग तथा सहारा हस्पिटल, गण्डकी प्रदेश प्रहरी अस्पताल, पोखरा महानगरपालिका स्वास्थ्य महाशाखा र पोखरा महानगरपालिका १७ को वडा कार्यालयको सहकार्यमा भएको शिविरमा २ सय जनाको स्वास्थ्य परीक्षण गरेको समन्वय समिति कास्कीका वरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्र बजगाईले जानकारी दिए ।


स्त्री रोग विशेषज्ञ गिरीधारी शर्मा, गण्डकी प्रदेश प्रहरी अस्पतालका डा मृदुषा श्रेष्ठ, डा अनिष गौतम, डा अनिष भुषाल लगायतका स्वास्थ्यकर्मीले बिरामीको स्वास्थ्य परीक्षण गरेका थिए ।

Advertisement

पोखरा महानगरपालिका वडा नम्बर १७ का वडअध्यक्ष राधिका शाही योगीले उद्घाटन गरेको कार्यक्रममा सामुदायिक सेवा केन्द्र जिल्ला समन्वय समिति कास्कीका महासचिव घनश्याम तिम्सिना र समितिका स्वास्थ्य सल्लाहकार दीपक पौडेलले शिविरको महत्वका बारेमा बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया