सूर्य दर्शन सहकारीका उपाध्यक्ष दर्लामी पुर्पक्षका लागि थुनामा

समाधान संवाददाता २०८० पुष १६ गते १८:५०

पोखरा ।
सहकारी ठगी कसुरमा सूर्य दर्शन बचत तथा ऋण सहकारीका उपाध्यक्ष कैलाश कुमार दर्लामीलाई कास्की जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । सोमबार न्यायाधीश रामचन्द्र शर्माको इजलासले दर्लामीलाई पुर्पक्षका लागि धुनामा पठाउन आदेश दिएको हो ।


रामेछापका ३८ वर्षीय दर्लामी सहाकारीको रकम हिनामिना एवं ठगी गरेको जाहेरी अनुसार सहकारी ठगी आरोपमा केही दिन अघि पक्राउ परेका थिए । प्रहरीले अनुसन्धान सकेर सोमबार सरकारी वकिलको कार्यालयमा मार्फत जिल्ला अदालत पु¥याएको थियो ।


प्रहरीका अनुसार पोखरा महानगरपालिका ४ नालाकोमुखमा रहेको श्री सूर्य दर्शन बचत तथा ऋण सहाकारी संस्था लिमिटेको संचालक समितिका पदाधिकारीहरुमाथी निक्षेपकर्ताहरूको बचत रकम फिर्ता नगरेको र सहाकारीको रकम हिनामिना एवं ठगी गरेको आरोप छ ।

Advertisement

तपाईको प्रतिक्रिया