सुवेदी खत्री कुल सेवा समाजको अधिवेशन

समाधान संवाददाता २०८० पुष १७ गते ९:१३

पोखरा ।
भारद्वाज गोत्रीय सुवेदी खत्री कुल सेवा समाज पोखरा २५ हेमजाको नवौं वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनले यनबहादुर खत्रीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसर्मत चयन गरेको छ ।


समितको उपाध्यक्षमा प्रेमबहादुर खत्री, महासचिवमा विष्णुमाया खत्री सचिवमा मेजनबहादुर खत्री कोषाध्यक्षमा गणेश बहादुर खत्री त्यसैगरी सदस्यहरुमा नारायणबहादुर खत्री, श्यामबहादुर खत्री, सरस्वती खत्री, कमल खत्री, महेन्द्रबहादुर खत्री र नवराज केसी छन् ।


कार्यक्रमको उद्दघाटन गर्दै भारद्वाज गोत्रीय सुवेदी खत्री कुल सेवा समाज पोखरा २५ हेम्जाका अध्यक्ष केशवबहादुर खत्रीले हालसम्म कुल मन्दिरको गुरुयोजना अनुरुप काम गरिरहेको बताए । कार्यक्रममा अधिवक्ता मनबहादुर खत्रीले कुलको हितका लागि सबै भारद्वाज गोत्रीय सुवेदी खत्रीका खलकहरु एक भएर काम गर्नुेपर्ने बताए । कार्यक्रममा समाजका ज्येष्ठ सदस्यहरु, समाजको विशेष कोषमा सयोग गर्ने सयोगदाताहरु, समाजको कुलस्थान र निशान मन्दिर निर्माणका लागि सहयोग गर्ने जग्गादाताहरु, कुल संरक्षक कुल मुल धामी तथा कुल धामीहरुलाई सम्मान गरिएको थियो ।

Advertisement


कार्यक्रममा महासचिव विष्णु मायाँ खत्रीको महासचिवको प्रतिवेदन तथा कोषाध्यक्ष यनबहादुर खत्रीको कोषाध्यक्षको प्रतिवेदन सर्वसम्मतले पारित गरिएको थियो । समितिका अध्यक्ष केशवबहादुर खत्रीको अध्यक्षतामा भएकोे कार्यक्रममा उपाध्यक्ष प्रेमबहादुर खत्रीले स्वागत मन्तव्य मनीषा खत्रीले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।

Advertisement

तपाईको प्रतिक्रिया