बिरामीलाई आर्थिक सहयोग

समाधान संवाददाता २०८० पुष १७ गते १२:१२

पोखरा ।

पञ्चासे हर्पनडाँडा युके समाजले आर्थिक अवस्था कमजोर भएका बिरामीका उपचारको लागि आर्थिक सहयोग गरेको छ । पोखरा महानगरपालिका वडा नम्बर २३ सिधानेका ४० वर्षीय यामबहादुर गुरुङको उपचारका लागि सोमबार ९ लाख २५ हजार ३ सय ३४ रुपैयाँ प्रदान गरेको समाजका अध्यक्ष देउकाजी गुरुङले जानकारी दिए ।


उनले यामबहादुरको उपचारका लागि समाजको विशेष पहलमा आर्थिक सहयोग संकलन गरेको बताए । बिरामी गुरुङको ८ मंसिर २०८० मा मनमोहन अस्पतालमा अपरेशन गरी देब्रे खुट्टा काटिएको थियो । गाउँमै खेती, किसानी गरी गुजारा चलाउँदै आएका गुरुङको आर्थिक अवस्था कमजोर छ ।

Advertisement


‘पञ्चासे हर्पनडाँडा युके समाजले विशेष गरी सिधाने, कुद्वीडाँडा, दमदमे र मकानपुरका आर्थिक रुपमा कमजोर तथा विपन्न नागरिकको लागि आर्थिक सहयोग गर्दै आएको छ,’ अध्यक्ष गुरुङले भने, ‘समाजले वडाको ४ गाउँको शैक्षिक, सामाजिक लगायतका क्षेत्रमा समेत योगदान पुर्‍याएको छ ।’ उनले कोराना कहरको अवधिमा समेत समाजले ती क्षेत्रका जनताका लागि राहात वितरण गरेको स्मरण गरे ।

Advertisement

तपाईको प्रतिक्रिया