३७ युनिट रगत संकलन

समाधान संवाददाता २०८० पुष १८ गते १०:५०

पोखरा ।
छोरेपाटन मावि युवा रेडक्रस सर्कलको आयोजनामा विद्यालयको ४५ औं वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा मंगलबार भएको रक्तदान कार्यक्रममा ३७ युनिट रगत संकलन भएको छ ।


पोखरा १७ की अध्यक्ष राधिका शाही योगीले पहिलो रक्तदाता खिमराज आचार्यलाई ब्लड ब्याग हस्तान्तरण गरी रक्तदान सुरुआत गरिन् । उनले नियमित रुपमा रक्तदान आयोजना गरी सामाजिक संघ, संस्था र नागरिकले दायित्व निर्वाह गर्नुपर्ने जनाइन् । उनले वडा कार्यालय नजिकको स्थानीय सरकार भएकाले नागरिकको जीवनस्तर उकास्ने खालका काममा दत्तचित्त भएको जनाइन् ।


सर्कलका अध्यक्ष सुशान्त सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा छोरेपाटन मावि व्यवस्थापन समितिका अध्यक्ष वद्रिनाथ पहारी, विद्यालयका प्रधानाध्यापक डिल्लीराम शर्मा, गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसका अध्यक्ष श्रीराम सुवेदी, छोरेपाटन मावि भूपू विद्यार्थी मञ्चका अध्यक्ष कृष्ण रानाभाट, शिक्षक दीपक सुवेदी, सचिव प्रकृति सुवेदी लगायतले बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया