पाेखरामा ‘हनी ट्रयाप’मा पारी ठगी गर्ने तीनजना पक्राउ

समाधान संवाददाता २०८० पुष १८ गते १७:२४

पोखरा ।
पोखरामा नक्कली फेसबुक आइडी बनाएर युवाहरुलाई ‘हनी ट्रयाप’मा पारेर ठगी गर्ने तीनजना पक्राउ परेका छन् । केटीको नामको फेक आइडी बनाएर पुरुषहरुलाई उनीहरुले हनी ट्रयापमा पार्ने तीनजना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा पोखरा २९ तालचोकमा बस्ने २२ वर्षका अनुराग घिमिरे, चितवन रत्ननगर १३ का २० वर्षीय प्रवेश रिमाल र लहान नगरपालिका १ का २१ वर्षीय युनिक सिंह छन् ।

उनीहरुलाई चितवन प्रहरीको सहयोगमा पक्राउ गरेर पोखरा ल्याइएको कास्की प्रहरीका प्रवक्ता डीएसपी श्रवणकुमार विकले जानकारी दिए । उनीहरुले सुरुमा साथी बनाएर फोन गर्ने र त्यसपछि अश्लील भिडियोहरू देखाउने तथा स्क्रिन रेकर्ड गर्ने गरेका थिए ।

सोही रेकर्ड भएको स्क्रिनलाई उनीहरुले सामाजिक सञ्जालमा पोस्ट गरिदिन्छु भनेर डर धम्की दिएर पैसा असुल्ने गरेको कास्की प्रहरीले जनाएको छ । तीनैजनालाई आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सर्सन) सम्बन्धी मुद्दामा अनुसन्धान अघि बढाइएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया