लायन्स क्लबकाे सोतीपसलमा स्वास्थ्य शिविर

समाधान संवाददाता २०८० पुष २३ गते ११:३४

पोखरा ।
लायन्स क्लब अफ पोखरा हिमालयनले नेपाल परिवार नियोजन संघ कास्कीको प्राविधिक सहयोगमा निःशुल्क यौन तथा प्रजनन् स्वास्थ्य शिविर आयोजना गरेको छ । शिविरमा महिलाको पाठेघरको मुखको क्यान्सर जाँच, यौनजन्य संक्रमणको परीक्षण तथा उपचार गरिएको छ ।


लमजुङको मध्यनेपाल नगरपालिका वडा नं ३ स्थित मंगला माविको प्राङ्गमा आयोजित शिविरबाट १ सय ३९ जना लाभान्वित भए । कार्यक्रममा मध्य नेपाल नगरपालिका वडा नं ३ का अध्यक्ष केशव न्यौपानले जनतालाई केन्द्रमा राखेर गरिने सेवा उत्कृष्ट हुने बताए ।


नेपाल परिवार नियोजन संघ कास्की सभापति नवीन सिग्देलले संघ सरकार, समुदाय र संघसंस्थासँग हातेमालो गर्दै अघि बढ्न चाहेको उल्लेख गरे । त्यस अवसरमा डिस्ट्रिक ३२५ एलका कोचिफ एड्भाइजर तीर्थलाल श्रेष्ठ, विद्यालय व्यवस्थापन समिति अध्यक्ष लक्ष्मण बसौला, सहायक प्रधानाध्यापक श्रीधर घिमिरे लगायतले बोलेका थिए ।

Advertisement


कार्यक्रममा लायन्स क्लबले निर्माण गरेको विद्यार्थी संक्षिप्त अभिलेख कक्ष विद्यालयलाई हस्तान्तरण गरिएको थियो । क्लबका पूर्वअध्यक्ष हरि श्रेष्ठले आफ्नो जन्मदिनको अवसरमा विद्यालयलाई कार्पेट सहयोग छन् । क्लबका अध्यक्ष नवीन नापितको अध्यक्षतामा भएको कार्यक्रममा संयोजक अशोक गुरुङले स्वागत र प्रथम उपाध्यक्ष विष्णुमाया कायस्थले सञ्चालन गरेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया