मित्रमिलन सहकारी ठगी मुद्दाका थप १ जना पक्राउ

समाधान संवाददाता २०८० पुष २६ गते २१:०९

पोखरा ।
पोखरा ९ नयाँबजारमा सञ्चालित मित्रमिलन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा संस्थाका लेखा समिति संयोजक सूर्यबहादुर अधिकारी पक्राउ परेका छन् । कास्की प्रहरीले उनकै घरबाट बुधबार पक्राउ गरेको हो ।

पोखरा १३ कसेरी बस्ने अधिकारीलाई जिल्ला अदालतमा उपस्थित गराइएकोमा निजको अदालतको कार्य नसकिएकाले जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेको जानकारी कास्की प्रहरीले जनाएको छ । उक्त सहकारी ठगी प्रकरणमा ६ जना पक्राउ परेका छन् । २ दर्जनभन्दा बढीचाहिँ फरार छन् ।

Advertisement

तपाईको प्रतिक्रिया