रुसी सेनामा भर्ती भएका लमजुङका एक युवकको मृत्यु

समाधान संवाददाता २०८० माघ २ गते १४:१५

पोखरा।

रुसी सेनामा भर्ती भएका लमजुङका एक युवकको मृत्यु भएको छ ।

लमजुङको दूधपोखरी गाउँपालिका–१ घामर चोकका ३२ वर्षीय साजन गुरुङको रुस–युक्रेन युद्धमा मृत्यु भएक हो।

Advertisement

गुरुङ दूधपोखरी गाउँपालिकाका वाईसीएल अध्यक्षसमेत बनेका थिए । रोजगारीका लागि भन्दै साढे तीन महिना अघि उनी रुसी सेनामा पुगेका थिए । उनको घरमा बुबा, आमा, श्रीमती र एक छोरा छन् ।

Advertisement

तपाईको प्रतिक्रिया