कृषि विकास बैंक ५७ वर्षमा

समाधान संवाददाता २०८० माघ ८ गते १२:५६

पोखरा ।
कृषि विकास बैंक लिमिटेड आइतबार ५६ वर्ष पूरा गरी ५७ वर्षमा प्रवेश गरेको छ । ७ माघ २०२४ मा स्थापना बैंकको ५७ औं वार्षिकोत्सवको सन्दर्भमा बैंकको गण्डकी प्रदेश कार्यालय पोखराले आइतबार बैंक दिवस मनाउनुका साथै कर्मचारी पुनर्मिलन कार्यक्रम गरेको छ ।


कार्यक्रममा बैंकमा २५ वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीलाई नगदसहित कदरपत्र प्रदान गरिएको बैंक गण्डकी प्रदेशका निर्देशक घनेन्द्र अधिकारीले जानकारी दिए । कदरपत्र पाउनेमा निर्देशक अधिकारीसहित भीमप्रसाद सुवेदी, वेगम श्रेष्ठ, बाबुराम देवकोटा, ऋषिराम रेग्मी, भोलानाथ शर्मा, विद्यानाथ सुवेदी, युगलकिशोर शर्मा, डोलराज गैरे, भेषराज घिमिरे, कृष्णप्रसाद शर्मा, टेकबहादुर घर्तिमगर छन् ।


सो अवसरमा भूतपूर्व कमचारी तथा वहालवाला कर्मचारीबीच घैटो फुटाउने प्रतियोगिता र महिला कर्मचारीबीच कुर्ची दौड गरिएको छ । पोखरा महानगरपालिका वडा नम्बर ९ का अध्यक्ष दीपेन्द्र मर्सानीले बैंकबाट कारोबार गरेर सफल निर्माण व्यवसायी बनेको सुनाए । बैंकका धेरै शाखा प्रमुख तथा निर्देशकहरु बैंक ग्यारेन्टी बसेको स्मरण गर्दै उनले बैंकको कारोबार गरेर व्यवयाय गर्नुका अलवा सामाजिक क्षेत्र हुँदै वडा अध्यक्ष भएको सुनाए ।

Advertisement

गण्डकी प्रदेशका २९ शाखा रहेकोमा चाँडै विरौटा र देवघाटमा शाखा खोल्ने तयारी


मर्सानीले वडाध्यक्ष बैंकको ग्राहक बनेको उदाहरण देखाएर धेरैभन्दा धेरै ग्राहक बनाउन सुझाव दिए । उनले बैंकको कार्यालय अगाडिको धूलेबाटो पिच गर्नका लागि उपभोक्ता समिति बनाउन लगायतका काममा नेतृत्व गर्न आग्रह गरे ।

Advertisement


बैंकका पूर्व सञ्चालक समिति सदस्य हरिप्रसाद पराजुलीले ग्रामीण क्षेत्रको आर्थिक उन्नतिका लागि बैंक स्थापना भएको बताए । ग्राहक पाहुना भएकाले मान, सम्मान गर्नु सबैको दायित्व भएको चर्चा गर्दै उनले प्रतिस्पर्धाको जमानामा बैंकिङ चुनौतीको समाना गर्न आग्रह गरे । उनले पूर्व कर्मचारीलाई बैंकका राजदूतको रुपमा परिचालन गर्न अनुरोध गरे ।


गण्डकी प्रदेशका निर्देशक अधिकारीले कृषि विकास सबै अत्याधुनिक बैंकिङ सुविधा सहितको घर आँगनको बैंक बनेको जानकारी दिए । उनले वास्तविक किसान र कृषिमा आधारित कार्यक्रम गर्ने बैंकले नेपालका दूरदराजमा सामाजिक सशक्तीकरण र गरिबी निबारणको कार्य गरेको उल्लेख गरे ।


‘बैक तथा वित्तीय संस्थामा अब्बल बनेको बैंकले संस्थागत उपस्थितिमा आर्थिक समृद्धिका काम भएका छन्,’ उनले भने, ‘सबैभन्दा बढी सञ्जाल भएको बैंकले डिजिटल माध्यमबाट समय सापेक्ष स्तरीय सेवा प्रवाह गरेको छ ।’ उनले कृषि क्षेत्रको ब्रान्डका रुपमा रहेको बैंक पछिल्लो समयमा वाणिज्य क्षेत्रसँग जोडिएको जानकारी दिए । यसका गण्डकी प्रदेशका ११ जिल्लामा २९ शाखा कार्यालय र २ स्टेसन छन् ।


बैंकले चाडै पोखराको बिरौटा र तनहुँको देवघाटमा शाखा खोल्न लागेको छ । बगर शाखाका प्रबन्धक भीमप्रसाद सुवेदीले बैंकले ३४ प्रतिशत कृषिमा लगानी गरेको जानकारी दिए । बैंकका पूर्व निर्देशक ज्ञानप्रसाद अर्यालले बैंक तथा वित्तीय संस्थाको प्रतिस्पर्धामा खरो रुपमा उत्रन सुझाव दिए ।


बैंकका पूर्व शाखा प्रमुख कर्ण बसेलले नेपालमा वाणिज्य बैंक नखुल्दै यसले २२ मन्त्रालयले गर्ने काम बैंकले गरेको जानकारी दिए । उनले पूर्व कर्मचारीलाई सेयर खरिदमा सहभागी बनाउन माग गरे ।


बैंकका गण्डकी प्रदेश कार्यालय पोखराका वरिष्ठ शाखा प्रमुख महेश पौडेलले विशेष ऐनमार्फत स्थापना भएको बैंक सम्पूर्ण बैंकिङ सुविधा सहितको बैक भएको बताए । कार्यक्रममा बैंकका गण्डकी प्रदेश कार्यालयका वरिष्ठ शाखा प्रमुख मोतीप्रसाद पौडेल, नेपाल वित्तीय संस्था कर्मचारी संघ कृषि विकास बैंक गण्डकी प्रदेश समितिका अध्यक्ष राजेन्द्र सुवेदी, कृषि विकास बैंक कर्मचारी संघ नेपालका अध्यक्ष सन्तोष थापा, कृषि विकास बैंक कर्मचारी युनियन अध्यक्ष सोमबहादुर गुरुङ र कृषि विकास बैंक कर्मचारी संगठन नेपाल गण्डकी प्रदेश समिति अध्यक्ष शालिकराम पौडेलले व्यवस्थापन र युनियन एकाकार भएर बैंकलाई सक्षम बनाउने पर्नेमा जोड दिए ।


नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजत प्राप्त गरेको बैंकको देशभर २ सयभन्दा बढी शाखा छन् । बैंकले १ सय ८० देशबाट विप्रेषण सेवा प्रदान गरेको छ ।

तपाईको प्रतिक्रिया