डिज्नील्यान्ड एकेडेमीमा खेलकुद

समाधान संवाददाता २०८० माघ १४ गते १२:४६

पोखरा ।
पोखराको मासबारमा अवस्थित डिज्नील्यान्ड एकेडेमीले वार्षिक कार्यतालिका अनुसार सप्ताहव्यापी खेलकुद आयोजना गरेको छ । सदनात्मक तथा खुला प्रतिस्पर्धात्मक विभिन्न खेलकुद भएका हुन् ।


नर्सरीदेखि कक्षा ३ सम्म विविध ८ ओटा प्रतिस्पर्धात्मक खेल भएको विद्यालयका प्रि–स्कुल इन्चार्ज शुष्मा थापाले जानकारी दिइन् । कक्षा ४ देखि ९ सम्मका विद्यार्थीका लागि एथ्लेटिक्सतर्फ अन्तरसदनात्मक सय मिटर, २ सय मिटर दौड र ४ सय मिटर रिले दौड तथा अन्तर सदनात्मक छात्रछात्रा फुटबल, ब्याडमिन्टन, टेबलटेनिस, युनी हक्की, बुद्धिचाल, रस्साकस्सी, स्कोर दि डिज्नी गोल लगायतका प्रतियोतिगा भएको अतिरिक्त क्रियाकलाप विभाग प्रमुख प्रेम गिरीले जनाए ।


विद्यालय व्यवस्थापन समिति अध्यक्ष विश्वेश्वर पराजुलीले माघ ७ गते सप्ताह सुरुआत गरेका थिए । प्राचार्य नरेशप्रसाद बरालले खेलकुदका कार्यक्रमले विद्यार्थीको समग्र विकासमा टेवा पुर्‍याउने जनाए । विजेता खेलाडीलाई माघ १९ गते शुक्रबार पुरस्कार वितरण गरिनेछ ।

Advertisement

तपाईको प्रतिक्रिया