डोना एफसी फुटसल च्याम्पियन

समाधान संवाददाता २०८० माघ १५ गते १०:५९

पोखरा ।

विन्ध्यवासिनी बसपार्क युथ क्लबद्वारा आयोजित प्रथम बिबिवाइसी एमेच्योर फुटसल प्रतियोगितामा डोना एफसी च्याम्पियन बनेको छ ।


पोखरा महानगरपालिका ४ स्थित बिफिट फुटसलमा शनिबार भएको फाइनल खेलमा नदीपुर टिम ‘बि’ लाई टाइबेकरमा ४–३ ले पराजित गर्दै डोना एफसी च्याम्पियन बनेको हो । निर्धारित समयमा दुवै टिमबाट गोल हुन नसकेपछि खेल टाइबेकरमा पुगेको थियो ।

Advertisement


च्याम्पियन बनेसँगै डोना एफसीले ५५ हजार ५ सय रुपैयाँसहित सिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्‍यो । उपविजेता टिमले २७ हजार ७ सय ७७ रुपैयाँसहित सिल्ड, मेडल तथा प्रमाणपत्र पाएको छ । खेल संयोजक विकास साईले डोना एफसीका विनय तामाङ सर्वोत्कृष्ट खेलाडी बनेको जानकारी दिए ।


सोही टिमकै मुमिन तामाङ उत्कृष्ट गोलरक्षक र नदीपुर टिम ‘बि’ का आशीष गुरुङले प्रतियोगिता अवधिभर १० गोल गोल गर्दै सर्वाधिक गोलकर्ताका रुपमा पुरस्कृत भए ।

Advertisement

प्रतियोगितामा २८ टिमको सहभागिता थियो । विजेता तथा उपविजेता टोलीलाई पोखरा २ का वडाध्यक्ष दिवसमान प्रधानांग, नेपाल राष्ट्रिय खड्की समाजका अध्यक्ष हर्कमान साई, ज्ञानुबाबा माविका सञ्चालक कृष्णबहादुर गुरुङ र शुभकन्या गुरुङ तथा आयोजक संस्थाका अध्यक्ष रुपेश साईले पुरस्कार वितरण गरेका छन् ।

तपाईको प्रतिक्रिया