जिरो किलोमिटरमा एटिएम फोड्दा फोड्दै पक्राउ

समाधान संवाददाता २०८० माघ १६ गते १०:३६

पोखरा ।
कास्की प्रहरीले बैंकको एटिएम फोड्न खोजेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले २७ वर्षीय राजकुमार भनिने टीकाराम पौडेललाई पक्राउ गरेको हो ।


माछापुच्छ्रे गाउँपालिका वडा नं. ९ स्थायी घर भई हाल कास्कीको पोखरा महानगरपालिका वडा नं. १७ बिरौटा बस्ने पौडेल आइतबार राति पौने १२ बजे पोखरा–५, जिरो किलोमिटरमा रहेको एनएमबी बैंकको एटिएम तोडफोड गर्दै गर्दा समातिएका हुन् ।

कास्कीका प्रहरी प्रवक्ता श्रवणकुमार विकले जिल्ला अदालत कास्कीबाट सात दिनको म्याद लिई पौडेलविरुद्ध चोरी उद्योग मुद्दामा अनुसन्धान भइरहेको उल्लेख गरे ।

Advertisement

तपाईको प्रतिक्रिया