नेपालीलाई २९ करोडको अनुसन्धानवृत्ति

समाधान संवाददाता २०८० माघ १६ गते १०:५९

वासिङ्टन ।

नेपालबाट अमेरिका आएर बिसौँ वर्ष न्यूरो साइन्समा अभ्यास गरिरहेकी डा प्रेरणा श्रेष्ठले २९ करोड २५ लाख बरावरको अनुसन्धानवृत्ति पाएकी छन् । न्युयोर्क राज्यको स्टोनी वु्रक युनिभर्सिटीमा न्युरोवायोलोजी एण्ड बिहेभियर विभागमा अध्यापन गर्दै आएकी श्रेष्ठलाई यस्तै विषयमा अध्ययनका लागि अमेरिकी सरकारी निकाय नेशनल इन्ष्टिच्युट अफ मेन्टल हेल्थले उक्त वृत्ति उपलब्ध गराउने भएको छ ।


श्रेष्ठका अनुसार मानिससँग मिल्दोजुल्दो आनीबानी भएका मुसामा अध्ययन गरिने विधिअनुसार (जसलाई मस्कुलर विधि पनि भनिन्छ,) उनको टोलीले किन मस्तिष्कमा लामो समयसम्म यस्तो विषय रहिरहन्छ भन्नका लागि औजार जडान गरी अध्ययन गर्नेछ । आगामी सन् २०२७ को अक्टोवर सम्ममा अध्ययन सकिने गरी हुन लागेको यो अध्ययनले भविष्यमा यस्ता समस्यामा रहेका मानिसको उपचार विधि र पद्धति तर्जुमा हुनसक्ने श्रेष्ठले बताइन् ।

Advertisement


अमेरिकी सरकारले नागरिकहरुको स्वास्थ्यको महत्वपूर्ण हिस्सा मानिएको मानसिक स्वास्थ्यसम्बन्धी काम गर्ने सरकारी निकायका अनुसार ३ तीन दशमलव ६ प्रतिशत वयस्कमा जीवन कालमा भएका कुनै घटना, दुर्घटनाका कारणले दीर्घकालीन रुपमा मनोवैज्ञानिक सन्त्रासको जीवन बिताउन वाध्य भएका छन् । यसैले यसलाई वैज्ञानिक तरिकाले कसरी अनुसन्धान गरेर दीर्घकालीन रुपमा मानसिक स्वास्थ्य सबल वनाउन सकिन्छ भनेर नेसनल इष्टिच्युट अफ मेन्टल हेल्थले विभिन्न कार्यक्रमहरुलाई प्राथमिकतामा राखेर काम गर्दे आएको छ ।

सरकारी निकायको रुपमा रहेको यसले मानव मस्तिष्कमा भावनात्मक उत्तेजनाले पार्ने असरलाई न्यूनीकरण गर्दे मानसिक स्वास्थ्यलाई जटिल बन्न नदिनेलगायत उद्देश्य अनुरुप काम गर्दै आएको छ । श्रेष्ठले दिएको जानकारी अनुसार उनको अनुसन्धान मानव मस्तिष्कमा कसरी भावनात्मक स्मरण लामो समयसम्म रहन्छ भन्नेमा केन्द्रित हुनेछ ।

Advertisement

तपाईको प्रतिक्रिया