पोखरा ७ बीलाई फुटबल उपाधि

समाधान संवाददाता २०८० माघ १६ गते १२:१६

पोखरा ।
नेपाल विजुली पेन्टर प्लम्बर तथा निर्माण मजदूर युनियन (क्युपेक) नेपाल पोखरा वडा नम्बर ७ बी’ ले दोस्रो सेभेन ए साइड फुटबल प्रतियोगिता २०८० को उपाधि जितेको छ । क्युपेक जिल्ला कमिटी कास्कीले पोखराको अमरसिंह चौरको खेल मैदानमा सञ्चालन गरेको प्रतियोगितामा क्युपेक पोखरा वडा नम्बर ८ लाई शून्यका विरुद्ध १ गोलले पराजित गरी उपाधि जितेको हो ।


प्रतियोगितामा विभिन्न क्षेत्रका १२ टिमले प्रतिस्पर्धा गरेको क्युपेक नेपाल कास्की अध्यक्ष तीर्थराज मगरले जानकारी दिए । उनले प्रतियोगिताका उपाधि विजेतालाई १५ हजार नगर ट्रफी र प्रमाणपत्र र उपविजेतालाई १० हजार नगद र प्रमाणपत्र प्रदान गरिएको बताए ।


प्रतियोगितामा क्युपेक वडा नम्बर ७ बीका सुवास थापाले सर्वोत्कृष्ट खेलाडीको पुरस्कार पाए । ‘खेल खेलौं, श्रमिक श्रमिकबीच सम्बन्ध कायम गरौं’ भन्ने नाराका साथ प्रतियोगिता भएको हो । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) गण्डकी प्रदेश कमिटी अध्यक्ष रुद्रबहादुर खत्रीले रेफ्रीलाई बल हस्तान्तरण गरी प्रतियोगिता उद्घाटन गरेका थिए । उनले क्युपेकले सदस्यको हकहितका अलवा खेलकुद लगायतका सिर्जनात्मक र रचनात्मक गतिविधि गरेर सबै श्रमिकलाई समेटेको बताए ।

Advertisement


कार्यक्रममा क्युपेक नेपालका केन्द्रीय सचिव पुण्यप्रसाद उप्रेती, केन्द्रीय सदस्यहरु हरिभक्त श्रेष्ठ, पार्वती तामाङ, नेपाल निर्माण व्यवसायी संघ कास्की अध्यक्ष लीलकाजी गुरुङ, क्युपेक कास्कीका सचिव जीवन लामा लगायतले प्रतियोगिताका बारेमा बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया