इमेज सहकारीकी कोषाध्यक्ष सुनार पुर्पक्षको लागि जेल चलान

समाधान संवाददाता २०८० माघ १६ गते १४:४६

पोखरा । इमेज बचत तथा ऋण सहकारी संस्था ठगीमा संलग्न सहकारी सञ्चालक समिति कोषाध्यक्ष लक्ष्मी सेन सुनार पुर्पक्षको लागि जेल चलान भएकी छन् । जिल्ला अदालत बागलुङले सोमबार कोषाध्यक्ष सुनारलाई पुर्पक्षको लागि जेल चलान आदेश दिएको हो ।


असार १० गते पक्राउ पुर्जी जारी भएपछि फरार रहेकी सुनारलाई माघ ११ गते नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको प्रहरी टोलीले ललितपुरबाट पक्राउ गरेको थियो ।


७ वैशाखदेखि इमेज सहकारी संस्था बन्द छ । सहकारीका अध्यक्ष तथा ढोरपाटन नगरपालिकाका नगर प्रमुख नेपालीले गण्डकी प्रदेशको राजधानी पोखरासँगै बागलुङ, बुर्तिबाङ, गलकोटमा गरी १ अर्ब ५४ करोड रूपैयाँ बढी रकम बचतकर्ताबाट उठाएर हिनामिना गरेको भन्दै १ हजार ४ सय ८१ जना बचतकर्ताले सहकारीका कर्मचारी र सञ्चालकसहित ११ जनाविरुद्ध अदालतमा ठगीको मुद्दा दर्ता गराएका थिए ।

Advertisement

रेड कर्नर नाेटिस जारी भएका मेयर देवकुमार नेपाली भने फरार छन् ।

Advertisement

तपाईको प्रतिक्रिया