रुपाकोट मुस्लिम समाजले जित्यो भलिबल उपाधि

समाधान संवाददाता २०८० माघ १८ गते १६:३९

पोखरा।
गोर्खा कालिका क्लब रुपा गाउँपालिका–४, ठकुरी बस्तीको १९ औं वार्षिकोत्सवको अवसरमा साविक वडा स्तरीय पुरुष भलिबल प्रयियोगितामा विजयी रुपाकोट मुस्लिम समाज भएको छ ।


विजी देउरालीलाई सेमिफाइनलमा जितेर फाइनल प्रवेस गरेको रुपाकोट मुस्लिम समाजले कायापलट असल शासन क्लव, समीभञ्ज्याङ लमजुङलाई सेमिफाइनलमा जितेर फाइनल प्रवेश गरेको ठकुरी समाज, चितिश्वरा, तनहुँलाई २५–२०, २५–१९ र २५–२२ को सोझो सेटमा जित हासिल गरी प्रथम हुन सफल भएको छ ।


विजेताले नगद ५० हजार, ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेका छन । उपविजेता कायापलट असल शासन क्लबले नगद ३० हजार, ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् ।

Advertisement


उत्कृष्ट स्पाइकमा आशिस मिया (ठकुरी समाज), उत्कृष्ट सेटरमा पराशर मल्ल ठकुरी (ठकुरी समाज), उत्कृष्ट ब्लकरमा मन्जुर मिया (मुस्लिम समाज), उत्कृष्ट लिब्रोमा भूपाल गुरुङ (मुस्लिम समाज), उत्कृष्ट सर्भरमा बिजन गुरुङ (मुस्लिम समाज) र उत्कृष्ट खेलाडी मुस्लिम समाजकै मन्सुर मिया भएको थियो ।


गोर्खाकालिका क्लबको १९ औ वार्षिकोत्सबको सहआयोजकमा दर्शन आमा समूह, शिखर सामुदायिक वन उपभोक्ता समूह, कालिनाग खानेपानी उपभोक्ता समिति थियो । भने उत्कृष्ट विधाहरुलाई क्रमशः रोजिना ठकुरी, कृसन ठकुरी, मिलन सेन, सुरेन श्रेष्ठ, आस्विन ठकुरी र सविन श्रेष्ठले प्रायोजन गरेका थिए ।

Advertisement


सो कार्यक्रममा विभिन्न सहयोग गर्ने सहयोगी सस्था, भुपु खेलाडी तथा समाजसेवीलाइ पनि सम्मान गरिएको थियो । ‘खेल स्वास्थको लागी, खेल राष्ट्रको लागि’ भन्ने मुल नाराको साथ मनाइएको १९ औ वार्षिकोत्सबमा भलिवल साथै घैटो फोर, छेलो हान्ने खेल पनि भएको थियो । क्रमस आशिक शाही र मन्जुर रहमान मिया विजयी भएका थिए ।


पुरस्कार वितरण कार्यक्रमको प्रमुख अतिथी युवा नेता राजन सुवेदिले समाजमा युवा जबसम्म चलायमान हुँदैन तबसम्म समाजको उत्थन हुँदैन, एक मुठी सास रहेसम्म आफू समाजकै लागि बाँचिरहने वताउँदै ठकुरी बस्तिको खानेपानी, खेल मैदानको समस्याबारे आफू जानकार रहेको र आफुले प्रयास गर्ने बताए ।

त्यसै गरी राजबहादुर शाहीले समाज देश चिनाउने खेलाडीले मात्र भएको बताए । क्लबका अध्यक्ष होम बहादुर ठकुरीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन कार्यक्रमका संयोजक तथा क्लवका सचिव मदन मल्लले गरेका थिए ।

तपाईको प्रतिक्रिया