१७९ जनाको आँखा परीक्षण

समाधान संवाददाता २०८० माघ २१ गते १४:३७

पोखरा ।
लायन्स क्लब अफ पोखरा ग्लोरीको आयोजनामा स्याङ्जा फेदीखोलास्थित अमोरसेवा नेपाल बालगृहको प्रांगण शनिबार निशुल्क आँखा शिविर भएको छ । आँखा जाँचेर त्यहाँ आवश्यक औषधि र चश्मा वितरणसमेत गरिएको थियो ।


सोही अवसरमा खाद्यान्न वितरण पनि गरिएको कार्यक्रम संयोजक विकल श्रेष्ठले जनाए । हिमालय आँखा अस्पतालको प्राविधिक सहयोगमा सम्पन्न कार्यक्रममा दुष्टि विशेषज्ञ अनुप सुवेदी लगायत ४ जनाले आँखा जाँचेका थिए ।


३५ जना बालबालिका तथा आश्रम सञ्चालक, कर्मचारी र फेदिखोला गापा वडा नम्बर १ का स्थानीय गरी १७९ जनाको आँखा जाँच गरिएको थियो । कार्यक्रममा खाद्यान्न सहयोग दुर्गा भवानी ट्रेडर्सका सञ्चालक पे्रमप्रसाद बरालले गरेका हुन् । औषधिको लागि सहयोग डि दिप ट्रेडर्सका सञ्चालक दीप श्रेष्ठले गरेका थिए । कार्यक्रमको अध्यक्षता लायन्स क्लब अफ पोखरा ग्लोरीका चार्टर प्रेसिडेन्ट अग्रिम श्रेष्ठले गरेका थिए ।

Advertisement

लायन्स ३२५ आई नेपालको इमिडिएट पास्ट गभर्नर राम बसेल प्रमुख अतिथि र फेदीखोला गापा वडा नम्बर १ का वडा अध्यक्ष अमृत क्षेत्रीको विशेष अतिथि रहेको कार्यक्रममा लायन ३२५ आई नेपालका डिस्ट्रिक कोअर्डिनेटर ऋषि गिरी, डिस्ट्रिक चिफ रहमोहन सुवेदी, रिजन चेयर पर्सन भावना बस्याल, जोन चेयर पर्सन शन्तबहादुर लामिछाने तथा पोखरा डल्फिनका प्रेसिडेन्ट रेवती भण्डारी र पोखरा न्यु भिजनका प्रेसिडेन्ट लक्ष्मण सुनार अतिथि रहेको क्लबका सचिव अर्जुन गैरेले जनाए । कार्यक्रममा क्लबका प्रथम उपाध्यक्ष श्रीराम शर्माले स्वागत गरेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया