पाेखरामा लुडाे खेलिरहेका ५ जना ७२ हजार नगदसहित प्रकाउ

समाधान संवाददाता २०८० माघ २२ गते १६:५०

पोखरा ।
पोखरा महानगरपालिका–११ धरहरा मार्गमा लुडो (जुवा) खेलिरहेका ५ जना प्रकाउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीले उनीहरुलाई शनिबार ७२ हजार २ सय २५ रुपैयाँसहित प्रकाउ गरेको हो ।

लुडो (जुवा) खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा लुडो खेलिरहेको अवस्थामा उनीहरुलाई प्रकाउ गरेको कास्की प्रहरीले जानकारी दिएको छ ।

पक्राउ पर्नेमा ३२ वर्षीय प्रदिप बहादुर गुरुङ, ३० वर्षीय सुनिल सारु मगर, ४५ वर्षीय धनश्री पुन, ४८ वर्षीय किसान पुन र ३९ वर्षीय विकास विक रहेका छन् ।

Advertisement

उनीहरुको साथबाट लुडो खेल्ने प्रयोग हुने १ थान बोर्ड, विभिन्न रंगका १६ थान गोट्टी, लुडोको गोट्टी हल्लाउन प्रयोग हुने बट्टा १ थान बरामद गरेको प्रहरीले बताएको छ ।


उनीहरुलाई जिल्ला प्रशासन कार्यालय कास्कीबाट सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुुर (जुवा खेल्न वा सट्टेवाजी) गर्न नहुने मुद्धामा ५ दिनको म्याद थप गरेर अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया